मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भागबन्डाको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन – समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराई
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी
    दाङ,१२ मंसिर । समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताउनुभएको छ ।
    रिपोर्टस क्लव दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले दलहरुको भागबन्डामा बनेको आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको भन्दै यसले साना माछालाई समातेपनि ठूला माछालाई समात्न नसक्ने दाबी गर्नुभयो । ‘जनता प्रति पूर्ण उतरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्थ गर्नुपछ,’ पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो –‘त्यसले प्रधामन्त्री लगायत सबैले गर्ने भ्रष्ट्राचारको छानबिन गरेर भ्रष्ट्रचार रोक्न सकोस ।’

    रिर्पोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार समेलनमा डा.भट्टराईले देश गरिबी र बेरोजगारको दुषचक्रमा रहेको बताउदै भट्टराईले दुई तिहाइ बहुमतको सरकारले देखिनेगरी काम गर्न नसकेको बताउनुभयो । देशमा रोजगारी र सुखी नेपाली र समृद्ध नेपालको नारा बाहयक देखिनेगरी अर्थतन्त्रको पाटोमा कुनै परिवर्तन ल्याउन नसकेको सरकारले ठोस योजनाका साथ अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो ।

    ‘ दुई तिहाई प्राप्त बहुमतको सरकारले देखिे गरी नत रोजगार सीर्जना गर्न सक्यो , नत लगाीन पर्वद्धन गरेर ठूलठूला उद्योगधन्दा खोल्न सक्यो नत देखिने गरी आर्थिक परिर्वन गर्न सक्यो,’ अध्यक्ष भट्राईले भन्नुभयो –‘ निर्माण र व्यापारका केहि क्षेत्रमा ६र७ प्रतिशत आर्थिक वृद्धिदरका आधारमा त्यो दिगो विकास हुदैन । ’ आफनो पार्टी नयाँ बैलक्पीक शक्तिका रुपमा उदयमान हुदै गरेको बताउ समुनत संघिय समाजवादसंग बिचार मिल्ने पार्टी र समूहसंग एकता गरेर वृहत ध्रुवीकरण गर्ने गर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण महासचिव बिमल गौतमले गर्नुभएको थियो ।

  • १२ मंसिर २०७६, बिहीबार १२:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित