मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थाले आठौ बार्षिक साधरण सभा सम्पन्न ।
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,मंसिर,१४ बढैयाताल गाँउपालिका वडानम्बर ८मा रहेको दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थाले आठौ बार्षिक साधरण सभा सम्पन्न गरेको छ । स्थापना भउको ८बर्षमा १करोड ५६ लाख ३३हजार लगानी गर्न सफल भएको सहकारीले आर्थिक प्रतिवेदन मार्फत जानकार िगराएको छ । शेयर सदस्य संख्या ८सय ६२ रहेको उक्तसंस्थाले सदस्यहरुलाई उद्यमी वनाई कृषि र पशुजन्य बस्तुको उत्पादनमा समेत वृद्धिगरेको छ । सहकारी संचालनमा आएसंगै शेयर सद्यस्यहरु उद्यमी हुनुको साथै उनीहरुको आर्थिक वृद्धिसमेत भएको दिपलगन सामाजिक उद्यमी महिला सहकारी सस्थाकी अध्यक्ष सिता पौडेलले वताईन्। जस्को कारण सदस्यहरुको गुणस्तरीय जीवन यापन गरेको अध्यक्ष पौडेलको दावी छ । देशर समाजलाई अगाडी बढाउन महिलाहरुको महत्वपूर्ण भुमिका हुने गरेको बढैयाताल गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले वताए । छोटो समयमा यस सहकारीमा आवद्ध महिलाहरुले ठूलो प्रगती गरेको र यस सहकारीलाई गाँउपालिकाको तर्फबाट जस्तोसुकै सहयोग गर्न गाँउपालिका तयार रहेको गाँउपालिका अध्यक्षले कार्यक्रममा प्रतिवद्धता समेत गरेका छन्। सहकारमिा आवद्ध महिलाहरुले पालेका पशुहरुलाई प्राविधिक सहयोग,भ्याक्सिन लगनयताका सेवाको लागि फोन गरेको ३० मीनटमा प्रविधीक घरमै पुग्ने व्यवस्था गाँउपालिकाले मिलाएको श्रेष्ठले वताएका छन्। देशभरीमै संचालन भएका सहकाी मध्य महिलाहरुले संचालन गरेका सहकारीहरु अव्वल रहेको बर्दियाक िसमाजसेवी तथा रक्षा ट्रष्ट बर्दियाकी अध्यक्ष सावित्री गौतमले वताईन्। महिलाहरुको काँधमा विभिन्न जिम्मेवारी भएकोभएपनि छोटो समयमा करौडौ लगानी गर्न सफल भएकोमा महिलाहरु कामको लागि पुरुष भन्दा कम नभएको प्रमाण यो सहकारलिे दिएको समाजसेवी गौतमको भनाई छ । कार्यक्रममा सहकारीलाई योगदान पुर्याउन सहयोग गर्नै १३ जनालाई सम्मान पनि गरिएको थियो ।

  • १४ मंसिर २०७६, शनिबार १८:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित