मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नरैनापुरमा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा
  • मार्गरेखा संवाददाता

  • (नरैनापुर) बाँके, मंसिर १६ । बाँकेको नरैनापुर गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत् आज (सोमबार) मटेहियामा ¥याली निकालिएको छ । मटेहिया चोकबाट शुरु भएको वडा नम्बर ५ र ६ को संयुक्त ¥याली महेन्द्र मावि हुँदै गाउँ परिक्रम गरेर पुनः मटेहिया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले महिलामाथि हुने हिंसा अन्त्यका लागि सबै गम्भीर हुनुपर्ने बताउनुभयो । लिंगका आधारमा हुने विभेद अन्त्य नगरेर समतामूलक समाज निर्माण हुन नसक्ने बताउँदै अध्यक्ष शाहले महिलालाई शिक्षित बनाउन जरुरी रहेको बताउनुभयो । उपाध्यक्ष जयन्तिदेबी श्रीवास्तबले लैंगिक विभेद अन्त्यका लागि यस्ता अभियान १६ दिन मात्रै नभएर निरन्तर चलिरहनुपर्ने आवश्यकता औंल्याउनुभयो । महिला भएकै कारण हुने विभेद अन्त्यका लागि शिक्षित र सभ्य समाज निर्माण जरुरी रहेको उहाँको भनाई थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बालविवाहले हिंसा बढाएको बताउँदै बालविवाह कानुनले बर्जित गरेकाले बालबालिकाको शिक्षादिक्षामा अभिभावकहरुले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । कोणसभामा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरिक्षक मान बहादुर विसी र नेपालगञ्ज उद्योग बाणिज्य संघकी उपमहासचिव तारा कुमारी खत्री रोकायले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो । ¥यालीमा वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह, ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा सदस्यहरु लगायत ५ र ६ नम्बर वडाका २ सय बढी महिलाहरुको सहभागिता रहेको महिला बालबालिका शाखाकी प्रमुख कृष्णा कुमारी चन्दले जानकारी दिनुभयो । । वडा नम्बर १ र २ तथा ३ र ४ पनि यस्तै संयुक्त ¥याली र कोणसभा गरिने चन्दले बताउनु
    भयो । गाउँपालिकाको महिला तथा बालबालिका शाखा र सुआहाराको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

  • १६ मंसिर २०७६, सोमबार १७:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित