मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शान्ति समाजको राष्ट्रिय परिषद् बैठकको तयारी दाङमा तिव्र
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी
    दाङ,१७ मंसिर
    मंसिर २७ र २८ गते दाङको तुलसीपुरमा हुन लागेको मानव अधिकार तथा शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठकको तयारी तिव्र पारिएको छ ।
    परिषद् बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रिय कार्यसमिति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी २ सय भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता हुने भएको छ । त्यसका लागि आतिथ्य शाखा,दाङले तयारी तिब्र गरेको हो ।
    मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको परिषद्को दाङमा हुने बैठकमा मानव अधिकार आन्दोलनको गन्तव्य ः लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य भन्ने मूल नारासहित कार्यक्रम तय भएको छ ।
    सो अबसरमा मसिर २५ र २६ गते शान्ति समाजका सस्थापक सभापति कृष्ण पहाडि सहितका प्रशिक्षकहरुले पश्चिम दाङका दर्जन भन्दा बढि स्कुलहरुमा मानव अधिकार र लागुपदार्थ दुर्बेसनि सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम तय गरिएको मुल तयारी समितिका सयोजक एव दाङ शाखा सभापति शरद रेग्मीले जानकारी दिनुभएको छ ।
    रेग्मीका अनुसार तुलसिपुरमा बृक्षारोपन,बजार सरसफाइ र अन्य चेतनामूलक कार्यक्रम हरु पनि तय गरिएको छ ।
    मसिर २७ गते दिउसो शान्ति पदयात्रा र दई बजे तुलसिपुरको बिएसएस पार्टी प्यालेसमा भब्य समारोहबीच कार्यक्रम उदघाटन गरिने जिल्ला सचिव निर्मला योगिले जानकारी दिनुभएको छ ।
    कार्यक्रमको समुदघाटन गर्न प्रदेश नम्बर पाचका मुख्यमन्त्री शकर पोख्रेल दाङ आउने कार्यक्रम समेत तय गरिएको छ ।
    राष्ट्रिय परिषद् बैठकमा सिमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाँउ आन्दोलन, लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य, वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि अभियान, कारागार सुधारसहित ९ वटा प्रस्तावमा छलफल हुँने केन्द्रिय महासचिब सुशील बस्नेतले जानकारी दिनुभयो ।

  • १७ मंसिर २०७६, मंगलवार १५:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित