मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कतार च्यारेटीद्धारा बाँकेकाे खजुरा गाउँपालिकामा शौचालय, सिंचाई धारा करिब २० लाख रूपैयाकाे लागतमा निर्माण
  • मार्गरेखा संवाददाता

  • कतार च्यारेटीद्धारा खजुरा गाउँपालिकामा शौचालय, सिंचाई र धारा सहयोग
    नेपालगन्ज, १७ मंसिर । कतार च्यारेटीको आर्थिक र प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाको खजुरा गाउँपालिकाका विभिन्न वडामा रहेका चारवटा विद्यालयमा सोलार सहितका अत्याधुनिक शौचालयहरु निर्माण गरेर हस्तान्तरण गरेको छ ।
    सोही अन्र्तगत खजुराको ज्ञानोदय उच्च माविमा निर्माण गरिएको आधुनिक शौचालयलाई मंगलवार आयोजना गरिएको एक कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा र व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर केसीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भयो ।
    सो अवसरमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले बाँके युनेस्को क्लबले खजुराको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न कार्यक्रम गरेकोमा अभार व्यक्त गर्नुभयो ।
    उहाँले शौचालय, बोरिंगसहितको धारा र पम्पिंगसेट तथा खानेपानीका धारा निर्माण गराएर यस गाउँपालिकाका जनतालाई सहयोग गरेकोमा कतार च्यारेटी लगायत क्लबलाई पनि धन्यवाद दिनुभयो ।
    सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष चौधरी, विद्यालयका प्रधानाध्यापक सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केसी तथा क्लबका कर्मचारी गुलाम गौस कादरीले आ आफ्नो भनाई राख्नु भएको थियो ।
    सो अवसरमा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, कार्यकारी निर्देशक रवि तुलाधर, कार्यक्रम संयोजक वेद पंगाली र साजिद अली सिद्दिकी लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको पनि उपस्थिति रहेको थियो ।
    सोही प्रकारले खजुरा गाउँपालिकाको वडा नम्बर ३ बी गाउँको जनता मावि, वडा नम्बर ५ ओढरापुरको भानु मावि र वडा नम्बर ५ गिजरास्थित जनसेवा माविमा पनि तीन कोठे आधुनिक शौचालयको निर्माण गरेर हस्तान्तरण गरिसकिएको क्लबका अध्यक्ष चौधरीले बताउनु भयो ।
    उहाँले ती तीन कोठे शौचालयमा धारा र मोटरसहित पानी ट्यांकी, ४ थान वाश बेसिन तथा सोलार समेत जडान गरिएको बताउनु भयो ।
    तीन कोठे शौचालयको निर्माण पुरा गर्दा ४ लाख ८७ हजार रुपैयाँ खर्च भएको जनाउँदै अध्यक्ष चौधरीले ४ वटा शौचालय निर्माण गर्दा १९ लाख ४८ हजार रुपैयाँ खर्च भएको बताउनु भयो ।
    यसैगरी सो गाउँपालिकामा तरकारी खेती गरिरहेका किसानहरुलाई सिचाईमा सहयोग गरेर तरकारी खेतीलाई व्यवसायीक रुपमा अगाडी बढाउन कतार च्यारेटीकै आर्थिक र प्राविधिक सहयोगमा खजुरा गाउँपालिकाको वडा नम्बर ३ का ४ वटा किसान समुहलाई चार इन्ची बोरिंगसहितको धारा जडान गरिएको चारवटा पम्पिंग सेट प्रदान गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।
    सोही प्रकारले कतार च्यारेटीकै सहयोगमा खजुरा गाउँपालिकाका वडा नम्बर ५, ६ र ७ मा स्थानीयलाई खानेपानीको समस्या रहेकोले सय वटा खानेपानीका धारा जडान गर्ने कार्य तिव्र गतिमा भैरहेको उहाँले बताउनु भयो ।
    बाँकेमा कतार च्यारेटीको सहयोगमा निर्माण गरिएका सबै संरचनाको डिजाइन तयार गर्ने कार्य कतार च्यारेटी नेपालका कार्यक्रम ईन्जिनियर आमिर फैसलले गर्नु भएको हो ।
    कतार च्यारेटीले बाँकेको नेपालगञ्ज लगायत राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

  • १७ मंसिर २०७६, मंगलवार १९:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित