मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कृष्णसार संरक्षण क्षेत्रमा पूर्व राष्ट्रपति राम बरण यादव
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया, मंसिर १९ ।
    पूर्व राष्ट्रपति डा. राम वरण यादवले बर्दियामा पाईने दुर्लभ वन्यजन्तु कृष्णसारको अवलोकन गरेका छन् । गुलरिया नगरपालिका वडा नं. २ खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रमा पदमार्गबाट राष्ट्रपति यादवले कृष्णसार अवलोकन गर्दै यस वन्यजन्तुका बारेमा जिज्ञासा समेत राखेका थिए । नेपालमा आयोजना भैरहेको दक्षिण एशियाली खेलकुद सार्कको लोगोमा समेत कृष्णसारको तस्वीर समावेश भएकोले कृष्णसारको महत्व थप बढेको अवलोकनका क्रममा प्रष्टाईएको थियो । कृष्णसार क्षेत्रमा भएका समस्या तथा चुनौतीका विषयमा कृष्णसार संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अर्जुन भुसालले पुर्व राष्ट्रपति यादवलाई अवगत गराएका थिए । बेवारिसे छाडा चौपायाका कारण कृष्णसार संरक्षणमा ठुलो चुनौती थपिएको कारण खुला चौपायालाई नियन्त्रण गर्नुपर्ने संरक्षण अधिकृत भुसालले बताएका छन् । सन २०२०मा नेपालले पर्यटन वर्ष मनाउन गैरहेको हुँदा दुर्लभ बन्यजन्तु कृष्णसारको महत्व ठुलो रहेकोले पनि कृष्णसारको संरक्षण गर्न जरुरी रहेको पूर्व राष्ट्रपति डा. यादवले बताए । यसको संरक्षण गरी यहाँ नागरिकको आर्थिक उन्नतीका लागि पर्यटक भित्राउन स्थानीय नागरिक र सरकार लाग्नु पर्ने उनको भनाई छ । डा. यादव पर्यटन बर्ष मनाउने सरकारको तयारीलाई थप टेवा दिन पर्यटन क्षेत्र कृष्णसार, जैविक मार्ग खाता, बर्दिया राष्ट्रिय निकुञ्ज लगाएत अन्य पर्यटन क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
    पूर्व राष्ट्रपति डा. राम वरण यादव बारबर्दिया नगरपालिकामा संचालन हुन गैरहेको सदाशिव बहुमुखी क्याम्पसको भवन निर्माणका लागि मंसिर १९ गते देखि सुरुहुने श्रीमद्भागवत धन–धान्याचल ज्ञान महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको संघिय सासद संजय गौतमले बताए ।

  • १९ मंसिर २०७६, बिहीबार १०:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित