मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दिया गुलरियाका एक युवाले मधुबनमा करिब ४ सय मिटर ग्राभेल सडक निशुल्क निर्माण
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य ।
    मंसिर २० । प्रायजसो निर्माण कम्पनीले व्यवसायीक रुपमा मात्र काम गर्ने गरेको भएता पनि बर्दियाका एक युवा व्यवसायी भने सामाजिक उत्तरदायित्व समेत वहन गरेका छन् । यसै क्रममा बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ मा पर्ने भगतपुर देखि खाता जोड्ने करिब ४ सय मिटर ग्राभेल सडक निशुल्क निर्माण गरेर ब्ल्याकबक कन्ट्रक्सनका प्रोप्राइटर विमल के.सी. यसको उदाहरण बनेका छन । के.सी. ले ४ लाख मुल्य बराबरको माटो पटान समेत ग्राभेल गरेपछि वडाबासीलाई आवागमनका लागि सहज भएको मधुवन नगरपालिका वडा नं. ३ का वडाध्यक्ष नारायण मल्लले बताए । वडा कार्यालयको बजेटले गर्न नसकेको ग्राभेलको काम युवा व्यवसायी केसीले खुला मनले उदाहरणीय कार्य गरेको अध्यक्ष मल्लले बताएका छन् । सबै निर्माण कम्पनीहरुले यस्ता किसिमका सामाजिक उत्तरदायित्व बहन गरेमा विकास निर्माणका लागि राज्यको मुखमात्र ताक्न नपर्ने उनको भनाई छ । यसैक्रममा श्री बालकुमारी सामुदायिक वन उपभोक्ता समुह मधुवन वडा नं. ३ ले स्वच्छ पानी र स्वस्थ जिवनका लागि निशुल्क फिल्टर तथा सम्मान कार्यक्रममा युवा व्यवसायी के.सी. लाई सम्मान समेत गरेको छ ।
    कार्यक्रममा सामुदायिक वनमा आवद्ध ५० घरधुरीलाई स्वच्छ पानी पिउनका लागि फिल्टर वितरण गरेको छ । यसै क्रममा सामुदायिक वनमा योगदान पु¥याएका ७ जना तथा ज्येष्ठ नागरिक, एकल महिलालाई समेत सम्मान गरेको छ ।

  • २० मंसिर २०७६, शुक्रबार १६:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित