मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डा. नितेश कुमार कनौडीया सम्मानित
  • मार्गरेखा संवाददाता

  • २०७६मंसिर २१ शनिवार बाँकेको कोहलपुरमा केन्द्रिय कार्यालय रहेको गोल्डेल एज अनलाइन प्रालिको प्रथम बार्षिक उत्सव तथा बनभोज कार्यक्रम को अवसरमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कोहलपुरका सहायक निर्देशक नितेश कुमार कनौडीयालाई सम्मान गरिएको छ ।
    शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको भन्दै कनौडीयालाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै सहायक निर्देशक कनौडीयाले जनताको आवश्यकता अनुसार नेपालगञ्ज मेडिकल कलेजले सेवा दिइरहेको बताए । साथै उनले यस क्षेत्रका जनताको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि आधुनिक प्रविधी सहितको सेवा दिइरहेको बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको अनियमतालाई समाप्त पार्दै नेपालगञ्ज मेडिकल कलेजले सरल र सहज रुपमा सेवा प्रदान गर्नुपर्ने बताए । साथै उनले नेपालको पत्रकारिताले स्वास्थ्य सेवालाई जनमुखी बनाउन विशेष भुमिका खेलेको दाबि गरे । कार्यक्रममा बोल्दै लडबुद्ध एजुकेशनल एकेडेमी लि. का सचिव एवं उपनिर्देशक श्याम कुमार शर्माले पछिल्लो समय जनतालाई स्वास्थ्य सम्वन्धी जानकारी दिनका लागि नेपालको पत्रकारीता प्रमुख माध्यम रहेको बताए । साथै उनले स्वास्थ्य क्षेत्र र पत्रकारिता जनता संग प्रत्येक्ष जोडिएको क्षेत्र भएकाले स्वास्थ्य र पत्रकारिता एक हुनु पर्ने बताए ।
    कार्यक्रममा बोल्दै गोल्डेन एज अनलाइन प्रालिका अध्यक्ष जय सिह केसीले देशको विकास र समृद्धिको लागि नेपालको पत्रकारिता र स्वास्थ्य क्षेत्र बिच सहकार्य हुन आवश्यक रहेको बताए । साथै उनले सामान्य जनतासंग जोडिएको स्वास्थ्य क्षेत्र भएकाले आम नागरिकको भावना अनुसार सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । गोल्डेन एज अनलाइन प्रालिले जनता र राष्ट्रको विकासका लागि विशेष भुमिका खेल्ने बताउदैँ नेपालको मिडियालाई जनमुखी बनाउन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो

  • २१ मंसिर २०७६, शनिबार १६:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित