मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कुखुरा व्यवसायीको अध्यक्षमा वली
  • मार्गरेखा संवाददाता

  • २०७६मंसिर २१ शनिवार बाँकेको राप्तीसोनारी वडा नं. ९,८ र २ का कुखुरा व्यवसायीको अध्यक्षमा दशरत वली चयन भएका छन् । कुखुरा व्यवसायहरुको भेलाले वलीको नेतृत्वमा ७ सदस्य कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा सलिना डिसी , सचिवमा हर्षबद्धन थारु ,कोषाअध्यक्षमा झम्पा गौतम र सदस्यहरुमा पल बहादुर खत्री, सोभाराम वली ,र प्रेमलाल खत्री चयन भएका छन् ।
    त्यस्तै सल्लाकारमा छविलाल वली ,धर्म भण्डारी र झकु प्रसाद डाँडी तथा लेखा समितीमा शिव प्रसाद देवकोटा , शेरबहादुर खड्का र केशलाल खत्री चयन भएका छन् । साथै भेलाले राप्तीसोनारी गाँउपालिका वडा नं. ९,८र २ मा उत्पादित कुखुरालाई कोहलपुर दाङ्ग,प्युठान क्षेत्रबाट आउने कुखुरालाई प्रतिबन्धीत गर्न त्यस्ता व्यवसायी सप्लार्यस संग सहकार्य सहमतीका नामबाट अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
    त्यस्तै भेलाले कुखुरा व्यवसायीहरुले कुखुरा फर्म दर्ता गर्नका लागि आवश्यक पहल गर्ने , कुखुरा व्यवसायीहरुको आवश्यक ज्ञान,सीप र व्यवसाय क्रियाकलाप संचालनका लागि स्थानिय निकाय संग समन्वय गरि कुखुरा पालन तालिम सम्वन्धी माग गर्ने निर्णय गरेको छ ।साथै उक्त भेलाले राप्तीसोनारी गाँउपालिका वडा नं. ९,८,२ मा कुखुरा पालन व्यवसायको आन्तरिक उत्पादित कुखुरालाई स्थानिय बजारमा बिक्रि गर्नका लागि बाहिरबाट आएका कुखुरालाई प्रतिबन्धित लगाउनको लागि स्थानिय सरकार,प्रहरी चौकी र अन्य निकायमा सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । उक्त भेलामा राप्तीसोनारी वडा नं. ९,८,२ का ४० जना भन्दा बढि कुखुरा व्यवसायीहरुको सहभागिता रहेको थियो । पछिल्लो समय राप्तीसोनारीमा बाहिरबाट कुखुरा आयत हुँदा यस क्षेत्रका कुखुरा पालन व्यवसायहरु समस्यामा परेको कुखुरा पालन व्यवसायीक झम्पा गौतमले बताइन् । साथै उनले स्थानिय उत्पादित कुखुरालाई खपत गर्नको लागि बाहिरबाट आउने कुखुरालाई प्रतिवन्ध लगाउनेमा सबै व्यवसायीहरुले सहमती जनाएको बताउदै स्थानिय कुखुरालाई बजारिकरण गर्नका लागि अनुरोध गरेकी छिन् ।

  • २१ मंसिर २०७६, शनिबार १८:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित