मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर घटनाप्रति नेपाली कांग्रेशद्धारा प्रेस विज्ञप्ती
  • मार्गरेखा संवाददाता

  • कोहलपुर घटनाप्रति नेपाली कांग्रेशद्धारा प्रेस विज्ञप्ती

    २०७६ मंसिर २३ सोमबार आइतवार अप्रत्यासित घटनाको रुपमा विश्लेषण गरिएको कोहलपुर घटनालाई लिएर नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ बाँके र कोहलपुर नगर समितिले छुट्टा–छुटै बिज्ञप्ति जारी गर्दै घटनापछि उत्पन्न परिस्थितीबारे नेपाली काँग्रेसको ध्यानाकर्षण भएको जनाएका छन् । जारी गरिएको दुवै बिज्ञप्तिमा आइतवार विहान त्रिभुवन मा.वि.मा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दको ट्रकको ठक्करबाट गम्भिर घाइते भएपछिको उत्पन्न परिस्थिती प्रति नेपाली काँग्रेसको ध्यानाकर्षण भएको बताइएको छ । जारी बिज्ञप्तिमा प्रहरी नायब निरीक्षकको टोलीले सावधानी अपनाउन नसक्दा घटनाले गम्भिर रुप लिएको बताएको छ । घटनाले गम्भिर रुप लिएपछि विद्यार्थी, सर्वधारण, आम नागरिक एवम् बटुवा लगाएत सुरक्षाकर्मी सहित तीन दर्जन घइते हुने अवस्था आउनु दुःखत घटनाका रुपमा काँग्रेसले लिएको बताइएको छ ।

     

    उत्पन्न परिस्थितीलाई संयमित भै समाधान गर्न, न्यायिक छानविन गरी गोली चलाउन आदेश दिने दोषीमाथि कारवाहीको प्रक्रिया अगाडी बढाउन माग गरिएको छ । क्षेत्रीय सभापति माधवराम के.सी. र नगर सचिव भुम बहादुर भण्डारीद्वारा हस्ताक्षरीत छुट्टा–छुट्टै बिज्ञप्तिमार्फत सरकारसँग घाइतेहरुको उपचारको व्यवस्था सहित घाइतेहरुको शिघ्रस्वालाभको कामना गर्दै व्यक्तिगत तथा सार्वजनिक सम्पत्तीको तोडफोड, अराजक गतिविधीतर्फ नलाग्न नगरवासीहरुमा अनुरोध गरिएको छ ।

    आइतवार विहान ९ः ४५ बजे त्रिभुवन मा.वि.मा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई िमालवहाक ट्रकले ठक्कर दिएपछि आक्रोशित विद्यार्थीहरु प्रहरी विरुद्व नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि स्थिती प्रहरी नियन्त्रण बाहिर गएको थियो । आक्रोशित विद्यार्थीहरुको समूहले ठक्कर दिने ना २ ख ९४५९ नम्वरको मालबहाक ट्रकमा आगजनी गर्दै प्रदर्शनमा उत्रिएपछि स्थिती नियन्त्रणमा लिन प्रहरी केही सेल अश्रुग्यास, हवार फायरु गर्दा पनि प्रदर्शनकारीहरुले प्रहरी बिरुद्व नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा ढुङ्गा प्रहार गरेपछि प्रहरीले चलाएको रबरको गोली लागेर ११ जना घाइते भएका छन् । ट्रकको ठक्करबाट गम्भिर घाइते भएकी छात्रा चन्दको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि आइतवार नै नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौको बि एण्ड बि अस्पतालमा लगिएको छ ।

    रबरको गोली लागेका नारायण खत्री र श्रीकान्त शर्माको अवस्था गम्भिर रहेको थियो । घाईते हुनेमा जाजरकोट छेडागाड ६ का १८ वर्षिय नारायण खत्री, सल्यान बनगर कुपन्डेदह ११ का १७ वर्षका दिपेन्द्र शाही, बाँके बैजनाथ २ का १८ वर्षिय सजन चन्द, जाजरकोट कुशे ५ का १७ का जनक ठकुरी, जाजरकोट भेरीगंगा ११ १६ का महेश आचार्य, बर्दिया बाँसगढी ६ का २६ वर्षिय चित्र बहादुर रिजाल, बाँके कोहलपुर १० का २६ वर्षिय लील बडुवाल, बाँके कोहलपुर ११ का १७ वर्षिय ललित बस्नेत, बाँके कोहलपुर ५ का १७ वर्षिय पुमि केसी, बाँके बैजनाथ ४ का१७ वर्षिय लक्ष्मी कठायत, बाँके कोहलपुर ६ का ४२ वर्षिय श्रीक्रन्ति भुषाल, कैलाली घोडाघडी १ का २३ वर्षि भरत दमाई र कोहलपुर ८ का १८ वर्षिय अर्जुन परियार लगायत ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख हेम बहादुर शाही सहित १० जना प्रहरी घाईते भएका थिए ।

  • २३ मंसिर २०७६, सोमबार १३:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित