मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कुखुरापालक किसान आन्दोलनमा, २ सय ४० क्युन्टल कुखुरा बिक्री भएनन्
  • मार्गरेखा संवाददाता

  • २०७६ मंसिर २४मंलबार बाँकेको राप्तीसोनारी ९ का कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
    विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराउदैँ बाध्य भएर आन्दोलनमा उत्रनु परेको राप्तीसोनारी कुखुरापालक व्यवसाय समितीका अध्यक्ष दशरत वलीले बताए ।
    पछिल्लो समय चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको छ”, उनले भने, तर, किसानले उत्पादन गरेको कुखुराको मूल्य घट्दो छ ।” आन्दोलनस्वरूप किसानले समस्या समाधान नभएसम्म जिल्लाबाहिरबाट आएका कुखुराका गाडीहरु भित्रिन नदिने बताए व्यवसाय झक्कु वलीले बताए ।
    मंसिर २१ गतेदेखी जिल्लाबाहिरका कुखुरा ढुवानीमा पूर्ण रुपमा प्रतिवन्ध लगाइएको र रातको समयमा पनी डिउटी गरेर कुखुराका गाडीहरु भित्रिन नदिन आफू निरन्तर लागी परेको कुखुरा व्यवसायी झम्पा गौतमले बताइन् ।केही समयअघि प्रतिबोरा (५० केजी) दानामा ७५ रुपैयाँ वृद्धि गरिएको व्यवसायी झक्कु डाँडीले बताए । गर्मी महीनामा चल्ला बचाउनै मुस्किल पर्ने र जाडोमा चल्ला खरीद गर्न नसकिने गरी मूल्य बढ्ने गरेको बताउँदै उनले भने, यसबाट किसान मारमा परेका छन । किसानलाई जिउँदो कुखुरा उत्पादनमा प्रतिकेजी १८० थोकमा बिक्री भइरहेको छ । अहिले किसान प्रतिकेजी १६५ र १७० रुपैयाँमा कुखुरा बेच्न बाध्य छन”, उनले भने, बजारमा २८० र ३०० रुपैयाँ प्रतिकेजी मासु बिक्री भइरहेको छ ।”पैँतालीस दिन कटेपछि कुखुरा बेच्नुको विकल्प हुँदैन”, डाँगीले भने, किसानको बाध्यताको फाइदा बिचौलियाले उठाइरहेका छन् ।” राप्तीसोनारी ९ मा झण्डै २ सय ४० क्युन्टल कुखुरा उत्पादन भइ बिक्री भएको छैन ।सीमावर्ती क्षेत्रबाट भारतीय कुखुराको आयात र जिल्लाबाहिर प्युठान,दाङ,सल्यान लयातका जिल्लाबाट कारण राप्तीसोनारीका कुखुरापालक किसान थप मारमा परेका हुन् ।

  • २४ मंसिर २०७६, मंगलवार १७:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित