मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

११ औँ क्रिसा रनिङ्ग शिल्डको भव्यरुपमा उद्घाटन
  • मार्गरेखा संवाददाता

  • कोहलपुर, मंसिर २५ बाँकेको कोहलपुरमा आजबाट ११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाले आयोजना गरेको ११ औं रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बरालले नेपालको शैक्षिक विकासका लागि संस्थागत विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै अब विश्व परिवेश अनुसारको गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन् । साथै उनले प्रदेश नं. ५ को शैक्षिक क्षेत्रको विकासका लागि प्रदेश सरकारले सबैसँग सहकार्य गरिरहेको जानकारी दिँदै गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको जिकिर गरे । त्यस्तै उनले केही दिन अघि कोहलपुरमा घटेको घटना प्रति दुख व्यक्त गर्दै विद्यालयलाई शान्ती क्षेत्र घोषणा गरिएकाले विद्यालय क्षेत्र भित्र यस्ता घटना घट्नु दुखद भएको बताएका छन् ।


    कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि संस्थागत विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउँदै स्थानिय सरकारले संस्थागत विद्यालयसँग सहकार्य गरिरहेको बताइन् । साथै उनले खेलकुदका माध्यमबाट विद्यार्थीको व्यक्तित्व विकासमा हुने भन्दै स्थानिय सरकारले खेलकुदलाई प्राथमिकता दिइरहेको बताइन् । कार्यक्रममा बोल्दै क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगीले प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गरिदिन सबैलाई अनुरोध गरेका छन् । साथै उनले पाठ्यक्रमले तोकेको विषयवस्तुसँगै विद्यार्थीहरुको अन्तरनिहित क्षमताको विकास गर्नका लागि यस्ता प्रतियोगिताको आयोजना क्रिसाले गरिरहेको जानकारी समेत दिएका थिए । प्रतियोगिताको पहिलो दिन प्राथमिक तह अन्र्तगत १ सय मिटर दौड र म्युजिकल चियर तथा माध्यामिक तह १ सय मिटर दौड, १ सय मिटर रिले दौडको हिट हुने आयोजकले जानकारी दिएको । प्रतियोगितामा क्रिसामा आवद्ध ३३ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रावि तह तर्फ फाईभ ए शिल्ड फुटबल, म्युजिकल चिएर, सय मिटर र ४ सय मिटर दौड तथा मावि तह अन्तर्गत एक सय, १५ सय र चार सय मिटर रिले दौड, लङ्न जम्प, सटपुट र भलिबलका खेलहरु सञ्चालन गरिने भएका छन् ।

  • २५ मंसिर २०७६, बुधबार १५:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित