मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आफ्नै छोरीलाई बलत्कार गर्ने बाबू पक्राउ
  • मार्गरेखा संवाददाता

  • दुर्गा अाचार्य,बर्दिया,मंसिर,२९। एक छाेरीकाे लागि अाफ्नाे वुवा भन्दा नजिकको संरक्षणकर्ता र सुरक्षा प्रदान गर्ने अरू काेहि हुन सक्दैन ।तर बर्दियाका एक बाबूबाट अाफ्नै छाेरी पटक पटक वलत्कारकाे सिकार भएकाे घटना सार्वजनिक भएकाे छ । भारतकाे वेङ्लाेरमा अाफ्नै छाेरीलाई डेरामा राखि ४० बर्षिय बावुले अाफ्नै १८ बर्षिय छाेरीलाई डरधम्की दिई पटक पटक बलत्कार गरेकाे अाराेपमा बर्दिया प्रहरीले ४० बर्षिय बावुलाई पक्राउ गरि सार्वजनिक गरेकाे छ ।भारतबाट एक महिना पछि बर्दिया घर फर्कने क्रममा समेत मंगलवार घरजान असुभहुन्छ भनी नेपालगन्जकाे न्युरोड स्थित एक हाेटलमा समेत धम्क्याई बलत्कार गरेकाे पिडिततले बर्दिया घरअाएपछि प्रहरीमा खवर गरेपछि याे घटना सार्वजनिक भएकाे हाे ।पिडितले प्रहरीमा खवर गर्नासाथ तत्काल जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण अाेलीकाे कमान्डमा खटिएकाे प्रहरी टाेलीले भारत जानलागेकाे अवस्थामा मधुवन नगरपालिका वडानम्बर ६ नेपाल भारत सीमामा पिडक बावुलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ । पक्राउ परेका पिडकलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।

  • २८ मंसिर २०७६, शनिबार १५:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित