मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर महोत्सवको तयारी तीव्र
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा हुन गईरहेको तेस्रो प्रादेशिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रर्दशनी, व्यापार एंव पर्यटन महोत्सव २०७६ को तयारी तीव्र पारिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नगर समिति कोहलपुरको आयोजनामा हुन गईरहेको महोत्सवको तयारी तिव्र पारिएको छ ।नेपाल सरकाको पर्यटन वर्ष २०२० लाई सफल बनाउन देशको मौलिक कला संस्कृती संरक्षण मनमोहक प्राकृतिक सभ्यतालाई अन्र्तराष्ट्रिय रुपमा चिनाउन र अर्थतन्त्र विकासमा टेवा प्ु¥याउने उदेश्यका साथ यस वर्ष घरेलु तथा साना उद्योग महासंघ नगर समितीले मेला संचालन गर्न लागेको छ । हरेक वर्ष आयोजना हुने मेला महोत्सव महिलाहरु द्धारा उत्पादित हस्तकला सामग्री प्रदर्शन,विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानबाट उत्पादित बस्तुहरुको प्रदर्शनीलाई विशेष जोड दिइएको छ ।

    महोत्सव मुल आयोजक समिति अन्तर्गत गठन गरिएका विभिन्न उप–समितिहरुले तीव्र रुपमा आफ्नो तयारी गरिरहेको महोत्सव सचिवालयले जनाएको छ । नगर समितिका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक हेम विक्रम जिसीले ११ वटा उप–समितिहरुले आफ्नो क्षेत्रधिकार अन्तर्गत रहेर काम गरिरहेको बताए । यस्तै महोत्सवको प्रचार प्रचारका लागि तिव्र रुपमा अगाडी बढाइने संयोजक महोदत्त कंडेलले बताएका छन् ।  मुख्य मञ्च निर्माण, स्टल स्थल निर्माण गर्ने लगायतका कामलाई तिव्रता दिईएको संयोजक भरत खत्रीले बताए । यस्तै महोत्सव तयारी गर्नको लागि सम्पुर्ण प्रशासनिक कार्य आयोजक समितीले पूरा गरिसकेको छ । आगामी पुस २४ गते देखी माघ ५ गते सम्म कोहलपुरको खुलामञ्चमा महोत्सव आयोजना हुँदैछ ।

  • २ पुष २०७६, बुधबार ११:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित