मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल गर्ने सहमति
  • मार्गरेखा संवाददाता

  • काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य हुने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई दलबीचको छलफलमा राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको छ ।

    त्यस्तैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपा नेपालले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ ।

    अन्य राष्ट्रिय राजनीतिका समसामयीक विषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्य गर्ने तथा सहकार्यको प्रकृयालाई अघि बढाउने सहमति पनि भएको छ ।

    सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजपा नेपालको तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

  • २ पुष २०७६, बुधबार १९:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित