मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पत्रकार कुट्ने गुण्डाको संरक्षणमा नेकपाका नेता भुषाल
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा कार्यरत क्रियाशिल पत्रकार संगिन शर्मालाई आक्रमण गरिएको छ । पौष ६ गते साँझ कोहलपुर स्थित युगयान दैनिकको कार्यालय अगाडी पत्रकार शर्मा माथी सांघातिक आक्रमण्म भएको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपा बाँकेका जिल्ला कमिटी सदस्य खिलप्रसाद भुषालले पत्रकारमाथि सांघातिक आक्रमण गर्नेलाई बचाएरै छाड्ने बताएका छन् ।
    बाँकेको कोहलपुरमा आईतबार साँझ पत्रकार संगिन शर्मालाई युवाहरुको एक समुहले सांघातिक आक्रमण गरेको थियो । सोही बिषयलाई लिएर ईलाका प्रहरी कार्यालय कोहलपुर पुगेका नेता भुषालले पत्रकारमाथि विभिन्न आरोप लगाउदै पत्रकारलाई आक्रमण गर्ने गुण्डालाई बचाउन लागिपर्ने बताएका हुन्
    ‘पत्रकार हुँ भन्दैमा गरिबका छोराहरुलाई गुण्डा हो भन्दै लेख्ने’ उनले, ‘पत्रकारलाई आक्रमण गर्ने दलित गरिबका छोरा कसरी गुण्डा हुनसक्छन् ।’‘पत्रकारलाई आक्रमण गर्ने रमेश मिजार र दिपेन्द्र कुँवरको पक्षमा म वकालत गर्छु’ नेकपा जिल्ला कमिटी सदस्य भुषालले भने, ‘तपाईहरु समाचार लेख्दा पनि हुन्छ ।’उनले पत्रकारले गरिबको समाचार नलेख्ने र धनीको मात्र समाचार लेख्ने भनेर गम्भीर आरोप समेत लगाएका थिए । जिल्ला कमिटी सदस्य भुषालको भनाईमा त्यहाँ उपस्थिति रहेका पत्रकारले गम्भीर आपत्ति जनाएपछि उनीलाई त्यहाँ रहेका अन्य नेकपा नेताले प्रहरी कार्यालय बाहिरतिर लगेका थिए ।पत्रकारमाथि सांघातिक आक्रमण गर्नेहरुलाई प्रहरी कार्यालय भित्रै गएर जोगाउन लागिपर्छु भन्ने अभिव्यक्ति दिनेलाई समेत कानूनी कारबाही गर्न बाँकेका क्रियाशिल पत्रकारले माग गरेका छन् ।

  • ७ पुष २०७६, सोमबार ११:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित