मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पत्रकार शर्मामाथि आक्रमण गर्नेलाई तत्काल कारवाहीको माग,
  • मार्गरेखा संवाददाता

  • नेपाल पत्रकार महासंघ बाँके कार्यसमितिका सदस्य एवम् काँचुली खबर डटकमका कार्यकारी सम्पादक संगिन शर्मामाथि आक्रमण गर्नेलाई तत्काल कारवाहीको माग गरिएको छ । बाँकेको कोहलपुरमा सोमबार बिहान बसेको कोहलपुरका क्रियाशिल पत्रकारहरुले पत्रकार शर्मा माथि आक्रमण गर्ने रमेश मिजार र दिपेन्द्र कुँवरलाई तत्काल प्रक्राउ गरी आवश्यक कानूनी कारवाही गर्नका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख हेम बहादुर शाहीलाई ज्ञापन पत्र बुझाएका छन् । ‘राज्यको चौंथो अंग पत्रकारिता पेशाप्रति स्वतन्त्र पत्रकारिता पेशा प्रति नै असुरक्षित यस्ता आक्रमणहरु निरन्तर दोहोरि रहने प्रकृतिको घोर भत्र्सना गर्दै पत्रकारको जीउ ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि यस्ता आक्रमणकारीहरुलाई तत्काल पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछौं’ उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कुटपिट गर्न लगाउने नेकपाका प्रदेश सदस्य पुजन विक र कुटपिटमा संलग्न उनका युवा तथा उनीहरूलाई बचाउन सहयोग गर्ने नेकपाका नेता खिलप्रसाद भुषाल माथि कारवाहीको माग गर्दै कोहलपुरका पत्रकारहरुले स्थानीय प्रहरी प्रशासन समक्ष ज्ञापन पत्र बुझाएका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी प्रमुख हेम बहादुर शाहीले ज्ञापन पत्र बुझ्दै घटनामा संग्लन र पत्रकार संगिन शर्मा माथि आक्रमण गर्नेलाई कानून अनुसारको कारवाही गर्न प्रहरी लागि परेको बताउँदै पत्रकारलाई सुरक्षा दिन नेपाल प्रहरी तयार रहेको बताएका छन् ।
    त्यस्तै पत्रकार शर्मा माथि भएको आक्रमणको विरोधमा ठकुरी पत्रकार समाज नेपालले प्रेस विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गरेकोछ । समाजका सचिव विजय मल्लद्वारा जारी प्रेस विज्ञप्तीमा घटनाको सत्यतथ्य बुझि दोषी उपर कानूनी कारबाही गरिनुपर्ने माग गरिएकोछ । ‘यो या त्यो बहानाले पत्रकारमाथि आक्रमण गर्न पाईदैन्, घटनामा संलग्न व्यक्तिलाई कानूनी कारवाही नगरिए कडा आन्दोलन गरिनेछ’ विज्ञप्तीमा भनिएको छ ।

  • ७ पुष २०७६, सोमबार १८:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित