मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विपन्न परिवारका आईते बुढालाई सहयोग जुट्दै
  • मार्गरेखा संवाददाता

  • बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ मा रहेका आईते बुढालाई सहयोग जुट्दै गएको छ । थ्रि एन्जल्स नेपाल कोहलपुर शाखाका प्रमुख लोकन्द्र सुनार र हरित अभियन्ता हेमन्तराज काफ्लेको पहलमा बुढाको परिवारलाई सहयोग जुुट्दै गईरहेको छ । पुषको चिसोमा परालको भरमा बाँचिरहेका बाँके बैजनाथका आइते बुढाको परिवारको विचल्लीका बारेमा हरित अभियन्ता हेमन्तराज काफ्लेले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि सहयोगी मनहरु जुर्मराएका छन् ।

    थ्रि एन्जल्स नेपालको सितलचिनी फारम हेर्न त्यहाँ पुगेका काफ्लेले लोकेन्द्र सुनार मार्फत् अन्दाजी ६० वर्षीय बुढा र उनको परिवारको अवस्थाका बारेमा जानकारी पाएपछि बुढाकै घरमा पुगेका थिए । गरिबीको चपेटामा बाँचिरहेका बुढा, उनकी बोल्न नसक्ने श्रीमती, एक छोरी र एक छोरासहितको परिवार पराल, टिन र टायलले छाएको एक कोठे जीर्ण कच्ची घरमा पराल विछ्याउने र परालै आढेर बसिरहेको दृश्य देखेपछि मन थाम्न नसकेका काफ्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत् उनीहरुको पीडा उजागर गरेका थिए ।

    पछिल्लो समय बुढाको परिवारलाई सहयोग गर्ने सहयोगी हातहरु अघि बढेका छन् । गीतकार एवम् समाजसेवी सहदेव प्रसाद सापकोटाले १० हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै जीवन चौधरीले आफ्नो चर्च मार्फत् चार वटा कम्मल, कापी, कलम र तीन वटा हट ब्याग उपलब्ध गराएका छन् । विपन्न परिवारलाई एउटा बस्न लायक घर बनाउने आफ्नो योजना रहेको थ्रि एन्जल्स नेपाल कोहलपुर शाखाका प्रमुख लोकेन्द्र सुनारले जानकारी दिएका छन् । साथै उनले बुढाको घर निर्माणका लागि सबैले सहयोग गरिदिनका लागि आग्रह समेत गरेका छन् ।

  • ७ पुष २०७६, सोमबार १८:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित