मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दुई तिहाई काे केपि सरकारबाट उपेन्द्रले दिए राजीनामा
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ — उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले तत्कालीन संघीय समाजवादीसँग गरेको सहमतिबाट सत्तारुढ नेकपा पछि हटेको भन्दै राजीनामा दिएका हुन्। उनको दलले आजै यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राइले राजीनामा दिने निर्णय गरेको थियो।

    संविधान संशोधनका लागि आफूले पुस ७ को मन्त्रिपरिषद्मा लगेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेकाले आफ्नो पार्टीसँग नेकपाले गरेको दुई बुँदे सहमति तोडिएको भन्दै उनले राजीनामा दिएको उनको राजीनामा पत्रमा उल्लेख गरिएको छ।

  • ८ पुष २०७६, मंगलवार १५:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित