मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उपाध्यक्षमाथि भएको अभद्र व्यवहार प्रति उपप्रमुखहरुको ध्यानाकषर्ण
  • मार्गरेखा संवाददाता

  • २०७६ पौष ९ बुधबार बाँकेको राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष धनि कुमारी खत्री माथि कार्यालय कक्षभित्र अभद्र व्यवहार गरिएको प्रति बाँकेका ७ जना स्थानिय तहका उपप्रमुखले गम्भिर ध्यानाकषर्ण गराएका छन् ।
    उपप्रमुख खत्रीलाई पौष ४ गते राप्तीसोनारी गाँउपालिकाको कार्यकक्षमै गएर राप्तीसोनारी ५ बैजापुर निवासी ठेकेदार मान बहादुर खड्काले अभद्र व्यवहार र कार्यालय परिसरमा तोडफोड गरेका थिए । बिनौनाचौक देखि मधुवा जोडने पुल सम्मको बाटो बनाउने योजनाका विषयमा अनुगमनको फाइलमा हस्ताक्षर गर्नुपर्ने दबाब दिएपछि उपाध्यक्ष खत्रीले अनुगमन गरेर मात्र हस्ताक्षर गर्ने प्रष्टयाउदा समेत खड्काले उक्त अमानविय कार्य गरेका हुन । यसै घटनाका बारेमा बाँकेका सबै स्थानिय तहका उपप्रमुख तथा योजना समितीका संयोजकहरुले घोर भत्र्सना गर्दै बिज्ञप्ती जारी गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका कि उपप्रमुख उमा थापामगर कोहलपुर नगरपालिका कि उपप्रमुख सञ्जु चौधरी,बैजनाथ गाँउपालिका की उपाध्यक्ष शारदा वि.क. रेग्मी,खजुरा गाँउपालिका उपाध्यक्ष एकमाया वि.क.,डुडुवा गाँउपालिका उपाध्यक्ष साहिदा बानो, जानकी गाँउपालिका उपाध्यक्ष भुमिसरा धिताल,नरैनापूर गाँउपालिका उपाध्यक्ष जयन्ती श्रीवास्तवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै घटनाको घोर विरोध गरेका छन् । नेपालको सविधान र स्थानिय सरकार संचालन ऐनले उपाध्यक्ष,उपप्रमुखलाई अनुगमन समितिको संयोजकको रुपमा दिइएको अधिकार र जिम्मेवारी अनुसार भुभिका निर्वाह गर्दा हुने यस्ता घटनाले डर क्रास र असुरक्षाको अनुभुति गराएको विज्ञप्तीमा उल्लेख छ ।
    यस्ता घटना पुनरावृति हुने परिस्थती सिर्जना नगरिदिन हुन सम्वद्ध सबैलाई आग्रह गर्दै उक्त घटनामा संलग्नलाई कानुनी बारवाहीको दायरामा ल्याउन जोडदार उनीहरुले माग गरेका छन् ।

     

  • ९ पुष २०७६, बुधबार १०:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित