मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्बाचनमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन सयुु्क्त्त रूपमा निर्बाचन लड्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै दुई संगठनबीच साझा प्यानल बनाउने सहमति भएको छ ।

    नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनले सम्झौता गरी साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको रुपमा निर्वाचनमा सहभागी हुन लागेका हुन् ।

    प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष पुरुषोत्तम शर्मा र राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनका अध्यक्ष सलाउद्दीन जसगढद्वारा आज जारी संयुक्त विज्ञप्तिमा सो सम्झौता गरिएको उल्लेख गरिएको छ । व्यवसायीहरुको छाता संगठनका रुपमा अपनत्ववोध गराउँदै अझैं सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता अनुसार लोकतन्त्र र उदार अर्थ नीतिप्रति आस्थावान् सम्पूर्ण उद्योगी व्यवसायीहरु संगठित भएको सम्झौतापत्रमा प्रष्ट्याइएको छ ।

    उद्योगी व्यवसायी मात्र होइन, निजी क्षेत्रको समग्र सवाल र मुद्दा उठान गर्न र सम्वोधनको वातावरण सिर्जना गर्न साझा प्यानल निर्माण गरेर मतदातामाझ प्रस्तुत भएको जारी विज्ञप्तिमा भनिएको छ । संघको निर्वाचन नजिकिएसँगै अध्यक्ष लगायतका उम्मेदवारको नाम पनि चर्चामा आएको छ । साझा प्रजातान्त्रिक समूहबाट ललित कुमार रौनियारलाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सारिएको छ ।

  • १० पुष २०७६, बिहीबार १८:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित