मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्जमा घरेलु महोत्सव सुरु
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज,पुस ११ गते । शुक्रबारदेखि नेपालगञ्जमा घरेलु महोत्सव सुरु भएको छ । पुस २१ गते सम्म चल्ने महोत्सवको सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईस्तियाक राईले उद्घाटन गर्नुभयो । राईले मन्त्री पदबाट राजिनामा दिएपनि स्वीकृत भईसकेको छैन् ।
    महोत्सव उद्घाटन हुनु अघि शुक्रवार बिहान आठ बजे भब्य सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु – मेरै नेपालको भन्ने मूल नाराका साथ दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव–२०७६ मा ३०७ वटा स्टल रहेको महोत्सव मूल आयोजक समिति संयोजक रचना श्रेष्ठले जानकारी दिनुभयो ।

  • ११ पुष २०७६, शुक्रबार १६:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित