मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विपन्न वर्गका परिवारलाई खाद्यान्न लत्ता कपडा हस्तान्तरण
  • मार्गरेखा संवाददाता

  • १२ पुष २०७६, शनिबार राप्ति सोनारी गाँउपालिका वडा नं. ८ शम्सेरगन्जमा असहाय बिपन्न बर्गका परिवारलाई लत्ता कपडा तथा खाद्यन्न सहयोग गरिएको छ । एन.आर.एन निर्बतमान संयोजक जर्मनका महेन्द्र धितालको आर्थिक सहयोगमा १० परिवारलाई लत्ता कपडा र चामल बितरण गरिएको छ । राप्तिसोनारी गाँउपालिका वडा नं. ८ मा आर्थिक अबस्था कमजोर भएका परिवारलाई सहयोग गरिएको कार्यक्रमका संयोजक नन्द चन्द ठकुरीले बताए । संयोजक ठकुरीले भने बिदेशमा रहेका महेन्द्र धितालले सहयोग गर्ने भनेपनि यस वडामा रहेका बिपन्न र आर्थिक अबस्था कमजोर भएकाहरुलाई सहयोग गरिएको हो । पहिलो पटक शुरुवातको चरणमा १० घरपरिवारलाई सामाग्री हस्तान्तरण गरिएको उनले बताए । कार्यक्रममा बोल्दै गोर्ख बहादुर पुरीले विदेशमा बस्ने दाजुभाईले गरेको सहयोगले समाजमा सकरात्मक प्रभाव परेको बताए । कार्यक्रमका बारेमा जानकारी दिदै नन्द चन्द ठकुरीले हामी हलिे यस वडा समिति रहेकोमा आगामी बर्षमा यस्ता खालका सहयोगि मन भएकाहरुका लागि आफु र आफु संग सम्पर्कमा रहेका ब्यक्तिहरु मार्फत सहयोग गर्ने बातावरण मात्र बनाएको बताए ।
    कार्यक्रममा सहयोग पाए पछि स्थानियहरु प्रफुल्ल बनेका छन । यस्ता खालका सहयोग गर्ने मनहरुलाई धन्यवाद समेत दिएका थिए । सरकारले नहेरेको समयमा यसरी यक्तिगत खर्चमा आफुहरुलाई पनि केहि रकम छुट्टाएर हामीलाई सहयोग गरेकोमा धन्यबाद समेत दिएका थिए ।

  • १२ पुष २०७६, शनिबार १६:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित