मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर नगरपालिका सार्वजनिक सुनुवाई,तीन सय ८ कुर्सी सहभागि ६८ जना
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक सुनुवाईमा जहिले पनि विवादका बिच सम्पन्न गर्न बानी बसि सकेको छ । विशेष गरी नगरपालिकाले सार्वजनिक सुनुवाईमा संधै नाटक मञ्चन गरिरहेको हुन्छ । कोहलपुर नगरपालिकाको आयोजना र उत्पीडित सामुदायिक विकास केन्द्र ओसिडिसीको सहजिकरणमा कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा प्रदायिक विषय आर्थिक वर्ष २०७६÷०७७ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा १ बजेका लागि बोलाईएकोमा ३ बजेबाट सुरु भयो । कार्यक्रमको प्रमुख वक्ताका रुपमा कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत र अन्य वक्तका रुपमा उपप्रमुख सञ्जु कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रदेव भारतीय लगायत विषयगत शाखाका प्रमुख लगायतको सहभागिता थियो । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रदेव भारतीले कोहलपुर नगरापालिकाको आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ को प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले कोहलपुर नगरपालिकाको १३ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । कार्यक्रमको सहजिकरण गरिरहेका रबि रोकायले कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतलाई कोहलपुर नगरविकास समितिले बिक्रि गरेको जग्गामा अतिक्रमण गरिरहेकालाई हटाउन किन ढिला भनेर प्रश्न गरे । प्रश्नको जवाफदिँदै नगर प्रमुख रावतले कोहलपुर नगर विकास समितिले विक्रि गरेको जग्गा तत्काल खालि गर्ने निर्देशन दिए । पुन रोकायले उप्रमुख सञ्जु कुमारी चौधरीलाई योजना अनुगमन कतिको प्रभावकारी भएको छ भनि प्रश्न सोधेका थिए । प्रश्नको जवाफ दिँदै उपप्रमुख चौधरीले कानून र नीति नियम भित्र रहेर कोहलपुर नगरपालिकाले योजनाहरुको अनुगमन गरिरहेको जानकारी दिईन् । कार्यक्रममा पत्रकार मधु शाहीले कोहलपुर नगरपालिकाबाट सञ्चालित लक्षित वर्गका कार्यक्रमहरुबाट आम जनताले जीवनस्तरमा कतिको प्रभाव प¥यो भनेर प्रश्न गरिन् । सो प्रश्नको जवाफ दिनका लागि सम्बन्धित आर्थिक विकास समितिका संयोजक दिल बहादुर परियारको सहभागिता नभएपछि आर्थिक विकास समितिका प्रमुख धन बहादुर खत्रीले लक्षित वर्गका कार्यक्रमहरुको सम्पूर्ण जानकारी लिन आउन सुझाव दिए । कार्यक्रममा कोहलपुर–६ का लुट बहादुर केसीले करिब ६ वटा प्रश्न सोधेका मध्ये अधिकांश प्रश्नको उत्तर नै आए । कार्यक्रमका अर्का सहभागि बलाराम काफ्लेले कार्यक्रमको आयोजना प्रति आक्रोश पोख्दै जनताको सहभागिता बिनाको सार्वजनिक सुनुवाई गर्नुको कुनै औचित्य नभएको बताएका थिए । उनले यस्ता खालका औपचारीक कार्यक्रमको आयोजना गर्दा वडा अध्यक्ष र जनप्रतिनिधीलाई नै खबर नगरेको आरोप लगाउँदै नगरपालिकामा जनताले कर तिरेका छन र यस्ता खालका कार्यक्रमहरुले जनताको करलाई अपमानित गरेको बताए ।
    तीन सय ८ कुर्सी सहभागि ६८ जना
    कोहलपुर नगरपालिको आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जम्मा कुर्सी ३ सय ८ वटा राखिएको थियो तर कार्यक्रममा ६८ जनाको सहभागिता रहेको थियो । कार्यक्रमका जनताको उपस्थिति नभएपछि कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले सार्वजनिक सुनुवाई जस्तो कार्यक्रममा जनताको सहभागिता नभएपछि आफु चिन्तित बनेको उद्घोष नै गरे । राखिएका कुर्सीमा कोहलपुर नगरपालिकाका केहि जनप्रतिनिधि र कर्मचारी नै बसेको थिए । जनताहरु सो कार्यक्रममा आएमा मध्ये केहि मात्र बसेका थिए ।
    प्रश्न सोध्ने ३, जवाफ दिने पाँच जना
    सार्वजनिक सुनुवाई कार्यक्रममा मधु शाही, लुट बहादुर केसी र बलाराम काफ्लले प्रश्न गरेका थिए पनि त्यसको जवाफ पाँच जनाले दिएका थिए । जवाफ दिनेमा कोहलपुर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाका कर्मचारी धन बहादुर खत्री र अग्नि आचार्य रहेका थिए ।
    किन आएनन् जनता
    कोहलपुर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको प्रचार प्रसार नहुँदा जनताको सहभागिता कम भएको बताईएको छ । कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नारायणि वलीले प्रचार प्रसारको कमी र चिसोका कारण जनताको सहभागिता कम भएको हुन सक्ने बताईन् । त्यस्तै नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले जहिले पनि कोहलपुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमलाई खासै चासो नदिएको बताउँदै आगामि दिनमा यस्ता कार्यक्रमहरु जनताको सहभागितामा गर्नुपर्ने बताएका छन् । साथै उनले आगामि दिनमा कोहलपुर नगरपालिका नीतिगतरुपमा रुपान्तरण नभए काँग्रेसले यसका विरुद्व आवाज उठाउने बताएका छन् ।
    कोहलपुर नगरपालिकाले सार्वजनिक सुनुवाईका नाममा जहिले पनि नाटक मञ्चन गरिहेको छ । जनताले स्थानिय सरकारबाट प्राप्त गरेका सेवा सुविधा लगायतका विषयमा गहन रुपमा छलफल हुनुपर्नेमा हल्का रुपमा लिँदै आएको छ ।

  • १४ पुष २०७६, सोमबार १०:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित