मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको डुडुवा गाउँपालिकालाई कम्बल हस्तान्तरण
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके), १३ पुस । केहीदिन देखि बढेको चिसो तथा शितलहरबाट प्रभावित परिवारलाई वितरण गर्नका लागि बाँकेको डुडुवा गाउँपालिकालाई कम्बल हस्तान्तरण गरिएको छ । विपतका क्षेत्रमा काम गर्ने संस्था नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आज एक कार्यक्रमका विच सो कम्बल उपलब्ध गराइएको छ ।
    टोकन सहयोगका रुपमा उपलब्ध गराईएको उक्त कम्बलमा गाउँपालिकाले थपगरि गाउँपालिका अन्र्तगत रहेका गरिब तथा असहाय तथा विपन्न परिवारलाई वितरण गरिने छ । रेडक्रस बाँके सभापति गोवर्धन सिंह सम्झना, विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले संयुक्त रुपमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई ५० थान कम्बल हस्तान्तरण गर्नु भयो । उक्त कम्बल मध्ये २५ थान कम्बल रेडक्रस बेतहनी उपशाखाले वितरण गरिने बताइएको छ ।

  • १४ पुष २०७६, सोमबार १३:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित