मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

खजुरा गाउँपालिकाले बाघको आक्रमणबाट घाइते श्रीसलाई एक लाख रूपैया राहत
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, १४ पुस
    खजुरा गाउँपालिकाले गत जेठ १३ गते खजुरा–३ धौलागिरीको किरणनालामा अरुको ज्यान बचाउन गएका बेला बाघको आक्रमण परेका दीपबहादुर श्रीसलाई राहत प्रदान गरेको छ । लामो समय भईसक्दा पनि पूर्णरुपमा स्वस्थ्य हुन नसकेका श्रीसलाई केही राहत होस् भन्ने हेतुले १ लाख रुपैयाँ गाउँपालिकाले सहयोग गरेको हो । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, नेकपा खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विक, खजुरा गाउँपालिका वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतम, खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भीम ओली, शिक्षा समिति सदस्य भक्तबहादुर केसीलगायत सोमबार श्रीसको घरमै पुगेर उक्त राहत प्रदान गरेका हुन । सो अवसरमा अध्यक्ष कक्षपतिले स्वास्थ्य लाभको कामना गर्दै बाँकी उपचारमा केही राहत पुग्ने भन्दै उक्त सहयोग गरिएको बताए । घाँटी छातीमा बाघको नग्राले गहिरो गरी चिर्नुका साथै दायाँ खुट्टाको दुई ठाउँमा गम्भीर चोट लागेका कारण श्रीस ८ महिना हुँदा पनि पूर्णरुपमा स्वस्थ्य हुन सकेका छैनन् । उनको दाया खुट्टामा रड राखेर अप्रेशन गरिएको र अझै केही समय लाग्ने बताइएको छ । बाघको आक्रमण परेका श्रीस करीब १ महिना नेपालगन्ज शिक्षण अस्पतालको उपचारपछि घर फर्किँदा पुनः जीवन पाएको भन्दै बाजा गाजाले स्वागत गरिएको थियो । उनी अहिले चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका छन् ।

  • १५ पुष २०७६, मंगलवार १७:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित