मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वर्तमान सरकार भ्रष्टाचारमा लिप्त नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको टिप्पणी गरेका छन्।

    सरकारले सुशासनको कुरा गरे पनि व्यवाहारमा भने भ्रष्टाचारलाई बढावा दिइरहेको समेत उल्लेख गरे। नेपाल प्रेस युनियन कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले संसदीय समितिले प्रतिवेदन नदिँदै सरकार आत्तिएर संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको पनि बताए।

    संसदीय समितिमा छानविन चलिरहेकाबेला सरकारले रातारात अर्को छानविन समिति गठन गर्नु लाजमर्दो विषय भएको पनि टिप्पणी गरेका थिए।
    वर्तमान सरकार हरेक कुराबाट असफल भएको दावी गर्दै नेता सिंहले कांग्रेसले संसदमा प्रभावकारी भूमिका खेल्ने प्रष्ट पारे।

    नेपाली कांग्रेसकै भ्रातृ संस्था नेपाल विद्यार्थीसंघको अहिलेकै निर्वाचित समितिले महाधिबेशन गरोस भन्ने कामना रहे पनि काम नगर्ने नेविसंघको म्याद भने थप्न नहुने उल्लेख गरे।

    उनले अहिलेको समितिले महाधिवेशन गर्न नसक्ने भएकाले तत्कालन महाधिवेशन तयारी समिति गठन गरि स्ववियू निर्वाचनलाई पनि ध्यान दिनुपर्नेमा जोड दिए।

  • २७ पुष २०७५, शुक्रबार १३:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित