थाइल्याण्डको महिला ‘ए’ टिमविरुद्ध नेपाल टी–२० स्म्यास क्रिकेटमा ९ विकेटले विजयी भएको छ । आज भएको खेलमा थाइल्याण्डले दिएको २० रनको झिनो लक्ष्य नेपालले ३.३ ओभरमा १ मात्र विकेट गुमाएर पुरा गरेको हो ।
नेपालको जितमा ममताकुमारी चौधरीले ८ रन बनाउँदा नेरी थापा ५ तथा डोली भट्ट २ रनमा नट आउट रहे । आजको खेलमा जित हात पारेको नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा युएई उप विजेता बनेको छ ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्ड १५दशमलब ४ ओभरमा १९ रनमा समेटिएको थियो । उसका थानचोन फोपलुकले ४ रन बनाउँदा वाली सेनसङले ३ रन मात्र बनाउन सकिन्। नेपालकी आरती विडारीले ३, इन्दु बर्मा र सरिता मगरले दुई दुई विकेट लिएका थिए ।