मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेस सुदृढीकरणका लागि नेतृत्वमा सुधार हुन जरुरी कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थ मन्त्री डा. रामशरण महत
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थ मन्त्री डा. रामशरण महतले पार्टीभित्र गुटबन्दी मौलाएको भन्दै नेतृत्वतहबाटै गुटबन्दी अन्त्यको सुरुवात गर्नु पर्नेमा जोड दिए। बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता महतले  । ‘कांग्रेस सुदृढीकरणका लागि नेतृत्वमा सुधार हुन जरुरी छ’ उनले भने, ‘त्यसका लागि नेतृत्वतहबाटै पार्टीको व्यवस्थापन सुधार गरिनु पर्दछ ।’ पानीको मुल नै फोहोर भए धारामा सफा पानीको आशा गर्न नसकिने भन्दै पार्टी सुदृढीकरणका लागि नेतृत्व परिवर्तन जरुरी भएको बताए

    पार्टीभित्रको आन्तरिक गुटबन्दी र व्यवस्थापन अभावमा पार्टीले हार व्यहोरेको भन्दै उनले त्यसको जिम्मा नेतृत्वले लिनु पर्ने बताए । चुनाव सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि पार्टीले चुनावमा पराजयको जिम्मेवारी लिन नसक्नु गैर जिम्मेवारी भएको उनको भनाई छ । महासमिति बैठकबाट काँग्रेसको विधान संशोधन गरी पार्टीलाई पुनर्जीवन दिन गाउँगाउँमा जानलागेको डा. महतले बताए । कांग्रेस नेतृत्वको सरकारको नीतिका कारण मुलुकको सामाजिक, आर्थिक र राजनीतिक बिकास भएको भन्दै उनले त्यसलाई जनतामाझ लिन नसकिएको उनले बताए ।

     

    राजनीतिक नीतिका कारण मुलुकको बिकास भएको भन्दै कम्युनिस्ट सरकारबाट बिकास हुन नसक्ने डा. महतले बताए । ‘वर्तमान सरकार हावादारी योजना बनाएर जनतामा भ्रम सिर्जना गरिरहेको छ’ उनले भने, ‘अध्ययन र योजना विनाको हावादारी भाषणले समृद्धि सम्भव छैन ।’  सरकारले पानी जहाज र पूर्व पश्चिम रेलको सपना देखाएर जनतालाई भ्रम सिर्जना गरिरहेको उनले बताए । ‘नेपालको बिकासका लागि सबै ठाउँमा बर्ष भरी मोटर गुड्ने सडकको जरुरी छ’ उनले भने, ‘सडक बनाउनका लागि आवश्यक काम गर्न नसक्ने वर्तमान सरकार रेल र पानी जहाज ल्याउने सपना बाँडिरहेको छ ।’

    कर्णाली प्रदेशको समृद्धि र बिकासका लागि कृषि र पर्यटन बिकास जरुरी भएको डा. महतले बताए । कर्णालीमा बिकासका प्रयाप्त सम्भावनाहरु भएको भन्दै तीनिहरुको सदुपयोगले कर्णाली समृद्ध बनाउन सकिने उनको भनाई छ । ‘कर्णाली आफैँमा एक समृद्ध प्रदेश हो’ उनले भन, ‘यसका सम्भावनाहरु पहिचान गरी यसको सदुपयोग अबको आवश्यकता हो ।’ कर्णाली बिकासका लागि कृषिमा आधुनिकीकरण, पर्यटन बिकास र जलस्रोतको उपयोग गरिनु पर्नेमा जोड दिए ।

    कार्यकर्ता भेटघाटमा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री केपी ओलीले इशाइहरुको होली वाइन खाएर राष्ट्रको स्वाभिमानमाथि प्रहार गरेको बताए । वर्तमान सरकारले जनताको भावनाअनुसार चल्न नसकेको उनको आरोप छ । ‘दुई तिहाइको सरकार स्वच्छाचारी ढंगले चलीरहेको छ’ उनले भने, ‘सरकारबाट जनताले सामाजिक न्याय र बिकासको आशा मारिसकेको बताए । उनले अब पार्टीमा एकता नभई काम गर्न नसक्नेहरुलाई विदाई गर्नु पर्नेमा जोड दिए । ‘अब कार्यकर्ताले एकता भनेर हुँदैन्, काम गर्न र कार्यकर्ताको भावना अनुसार चल्न नसक्ने नेतृत्वलाई विदा गर्न कार्यकर्ता तयार हुनु पर्दछ’ उनले भने ।

     

  • २ माघ २०७५, बुधबार १३:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित