मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डा. गोविन्द केसीलाई कम्युनिस्ट विरोधी भन्नु अज्ञानता र अहंकारले प्रभावित दृष्टि दोष नेपाली कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीलाई कम्युनिस्ट विरोधी भन्नु अज्ञानता र अहंकारले प्रभावित दृष्टि दोष भएको बताएका छन् । डा. केसीको अनसनका विषयमा बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सांसद थापाले उनलाई हरेक सरकारको विरोध गरिरहेका ओलीलाई कम्युनिस्ट विरोधिका रुपमा मात्रै प्रमाणित गर्न खोज्नु गलत भएको बताएका हुन् ।

    उनले केसी एक सन्त र फकिर भएको भन्दै कांग्रेस, एमाले, अख्तियार, न्यायालय सबैसँग लडेको व्यक्तिलाई एक पार्टीको विरोधी देखाउन नहुने धारणा व्यक्त गरे । उनले केसी जनताको पक्षमा सबै पार्टीदेखि अख्तियार र न्यायलयका विरुद्धमा समेत लडेको भन्दै कसैको पक्षपाति भएको भन्न नहुने बताए ।

    कांग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाले १५ औं अनसनका क्रममा डा गोविन्द केसीसंग भएका सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह  गर्दै थापाले सम्झौतालाई ऐन बनाउछु भनेर विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे।

    सांसद थापाले चिकित्सा शिक्षा विधेयकमाथि आफ्ना फरक मतलाई सदनमा टेबल गर्ने जानकारी दिँदैं प्रधानमन्त्रीले चाहे उक्त फरक मत सदनबाट प्रक्रिया पूरा गराएर कानुन बन्न सक्ने बताए। ‘आज यसलाई कानुन बनाउने कुरा तपाईं (प्रधानमन्त्री) को हातमा छ, यसलाई कानुन बनाउँदा केसी या कसैको जित हुनेछैन, प्रधानमन्त्रीको जित हुनेछ, यसलाई राजनीतिक लडाईंको विषय नबनाईदिनुस्, कुनै राजनीतिक टिकाटिप्पणी नगरिदिनुस्,’ उनले भने।

    उनले विधेयकलाई जसरी पारित गर्न खोजिएको छ, त्यो गलत भएको बताए। उनले काठमाडौं बाहिर पनि १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने भन्ने कुरा सरासर झुट भएको र आफ्नो स्वार्थ लुकाउन गरिएको प्रोपागान्डा भएको टिप्पणी गरे।

    थापाले रमेशकान्त अधिकारी संयोजकत्वमा ०७१ सालमा बनेको सरकारले नेपालमा मेडिकल विश्वविद्यालय सम्भव नभएको भन्दै आयोग बनाउन सुझाव दिएपनि त्यसलाई लत्याएर सरकार विश्वविद्यालय नै खोल्नुपर्छ भन्ने पक्षमा गएको बताए। ‘एउटा विधेयकले आयोग बनाउने भन्ने, त्यही विधेयकले विश्वविद्यालय बनाउने भन्ने ?,’ उनले भने ।

  • ३ माघ २०७५, बिहीबार १५:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित