मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रियङ्का गान्धी पनि राजनीतिमा, बनिन् कांग्रेस महासचिव
  • मार्गरेखा संवाददाता

  • भारतमा लोकसभाको चुनाव नजिकिँदै गर्दा गान्धी परिवारबाट प्रियङ्का गान्धी पनि राजनीतिमा होमिएकी छन् । सक्रिय राजनीतिमा होमिएसँगै उनलाई भारतीय विपक्षी दल कांग्रेसले महासचिवको जिम्मेवारी दिएको छ । २०१९ को चुनाव भन्दा अगाडि राजनीतिमा होमिएकी प्रिय‌‌ङ्कालाई कांग्रेसले महासचिव बनाउँदै पूर्वी उत्तर प्रदेशको कमान सम्हाल्न लगाएको हो ।

    पार्टी अध्यक्ष राहुल गान्धीले सञ्चारमाध्यमसँग कुरा गर्दै प्रियङ्का र अर्का नेता ज्योतिरादित्यलाई उत्तर प्रदेशमा पठाइएको बताउँदै अब उनीहरुले त्यहाँ समग्र विकासका लागि भूमिका खेल्ने बताए ।

    ‘प्रियङ्कालाई उत्तर प्रदेशको विकास र युवाहरु भावनालाई पार्टीले सम्बोधन गर्नका लागि पठाइएको हो’, राहुलले भनेका छन्, ‘मेरी बहिनी धेरै मेहनती छन् यसमा खुसी छु । अब हामीले युपीका जनतालाई लामो समय दिन सक्नेछौँ । अब तपाईँहरुले भाजपालाई हटाउनुस् हामी युपीलाई देशकै एक नम्बर प्रदेश बनाउँछौँ ।’

    प्रियङ्काले चुनाव लड्नेबारे पनि राहुलले बोलेका छन् । ‘यो कुरा उनमै निर्भर छ । हामी कहीँ पनि पछाडिबाट खेल्दैनौँ । जहाँ मौका मिल्छ हामी अगाडिबाटै खेल्छौँ’, राहुलले भनेका छन् ।

    राहुल गान्धीले प्रियङ्का राजनीतिमा आएसँगै गठबन्धनबारे पनि बोलेका छन् । ‘मायावती र अखिलेशसँग मिलेर काम गर्न हामी तयार छौँ’, उनले भनेका छन्, ‘भाजपालाई हराउन जहाँ जहाँ आवश्यक हुन्छ, हामी त्यहाँ त्यहाँ गठबन्धन गर्न तयार छौँ ।’

    कांग्रेसले पार्टीमा पनि कयौँ फेरबदल गरेको छ। प्रियङ्काको अलावा ज्योतिरादित्य सिन्धियालाई पनि महासचिव बनाइएको छ । उनलाई पश्चिमी उत्तर प्रदेशको जिम्मेवारी दिइएको छ

  • ९ माघ २०७५, बुधबार १६:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित