मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रतिपक्षी दलको विरोधबीच चिकित्सा शिक्षा विधेयक पारित
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रबारको संसदमा नाराबाजीकाबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।

    काँग्रेसले नाराबाजी गरिरहेको बेलामा निर्णयार्थ पेश गरिएको विधेयक विरोधका बीच स्वीकृत भएको हो । विरोधका बाबजुत शुक्रबारको बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेपछि काँग्रेसले रोष्ट्रम घेरेको थियो। तर, सो विरोधको बेवास्तागर्दै विधेयक पारित गरेको हो । संसदको गतिरोध अन्त्यको लागि सत्ता पक्ष र प्रतिपक्षको बैठकमा विना सहमति टुङ्गिए पछि काँग्रेसले संसदको रोष्ट्रम घेरेको हो ।

    शुक्रबार संसद बैठक बस्नु अघि सत्ता पक्ष र प्रतिपक्षबीच संसद भवन नयाँ वानेश्वरमा बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि बसेको संसद बैठकमा काँग्रेसले शुक्रबार पनि विरोध गरेको छ । काँग्रेसले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले काँग्रेसकी सचेतक पुष्पा भुषाललाई बोल्न समय दिए ।

  • ११ माघ २०७५, शुक्रबार १४:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित