मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आन्दोलन रोकिँदैन, भ्रष्टाचारविरुद्ध अझै आन्दोलन चर्किन्छ काँग्रेस
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । नेपाली काँग्रेसले सरकार विरुद्ध आन्दोलन नरोक्ने बरु आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । बुधबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी काँग्रेसको पूर्व निर्धारित आन्दोलनका कार्यक्रमहरु स्थगित नहुने बताएका छन् ।

    काँग्रेस केन्द्रीय समिति बैठकको गत आईतबारको निर्णययानुसार गत माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै बैठक त्यसको घोर भत्र्सना समेत गरेको थियो । माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने, प्रदर्शन ६ मुद्दामा केन्द्रीत रहने काँग्रेसले जनाएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काँग्रेसको मूल मागको रुपमा रहेको पूर्व २ सभापतिहरुको नाममा रहेको स्वास्थ्य संस्था केन्द्र सरकार मातहत राख्ने निर्णय पनि काँग्रेसको आन्दोलन के हुन्छ ? भन्ने विषयमा जिज्ञासा भईरहको बेलामा काँग्रेसले पत्रकार सम्मेलन गरी आन्दोलन नरोकिने बरु झन् चर्किने बताएका हुन् ।

    उनले अबको यो आन्दोलन भ्रष्टाचार विरुद्ध, संघीयताको संविधानमा उल्लेख भएबमोजिमको कार्यान्वयन, डा. गोविन्द केसीको माग सम्बोधन र संसदीय सर्वाेच्चताको विषयमा केन्द्रीत हुने बताएका छन् ।

  • १६ माघ २०७५, बुधबार १४:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित