मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा खर्लप्पै उर्लिए कांग्रेस
  • मार्गरेखा संवाददाता

  •  

    दुर्गा आचार्य
    बर्दिया,माघ,२१। प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमवार बर्दियामा पनि बिरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिती बर्दियाको आयोजनामा भएको विरोध प्रदर्शनमा सैयौको संख्यामा नेपाली काँगे्रसका कार्यकर्ता हरुको उपस्थिती रहेको थियो । सत्तावदी कम्युनिष्ट सरकारले सृजना गरेको राज्य आतंकको विरुद्ध देश व्यापी रुपमा प्रदर्शन गरिएको नेपाली काँग्रेस बर्दियाका कार्यबाहक सभापति मिश्रीलाल यादबले वताए । काँग्रेस पार्टि कार्यालय बर्दियाबाट शुरु भएको बिरोध प्रदर्शन गुलरियाको राधा कृष्ण चौक हुदै बजार परिक्रमा गर्दै पुन राधाकृष्ण चौकमा पुगि कोण सभामा परिणत भएको थियो। काँग्रेसकोझण्डा र व्यानर बोकेका कार्यकर्ताहरुले सरकार विरुद्ध नारा लगाएका थिए । कार्यवाहक सभापति यादबको नेतृत्वमा बिरोध प्रदर्शन भएको थियो ।

  • २१ माघ २०७५, सोमबार १५:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित