मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एकदिवसीय र टी-२० सिरिज जितेको क्रिकेट टोलीलाई भव्य रेडकार्पेटमा स्वागत
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ : युएईविरुद्ध एकदिवसीय र टी-२० शृंखला जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

    राष्ट्रिय खेलकुद परिषद्ले पारस खड्का नेतृत्वको टोलीलाई स्वागतका लागि विमानस्थलमा रातो कार्पेट ओछ्याएको हो । विमानस्थलमा ओर्लिएपछि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालमै ओडिआई इन्टरनेशनल म्याच गराउने गरी अघि बढ्नुपर्ने बताए ।

    ऐतिहासिक दुवै श्रृंखला विजेता टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब केशव कुमार बिष्ट, उपाध्यक्ष पिताम्बर तिमल्सिनासहितले स्वागत गरे ।  नेपाली टोलीलाई रेड कार्पेटमा स्वागत गरिएको हो ।

    नेपाली टोलीले आइतवार भएको टी-ट्वेन्टी श्रृंखलाको अन्तिम खेलमा घरेलु टोली युएईलाई १४ रनले पराजित गर्दै पहिलो टी-ट्वेन्टी श्रृंखला आफ्नो पक्षमा पारेको थियो । यसअघि युएईविरुद्धकै तीन खेलको वान डे श्रृंखला पनि आफ्नो पक्षमा पार्दै नेपाली टोलीले इतिहास रचेको थियो।

    युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज दुवै २-१ ले आफ्नो पक्षमा पारेको थियो । दुवै श्रृंखला सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई श्रृंखला जितेको थियो ।

    नेपाली टोलीका लागि दुवै सिरिज ऐतिहासिक सिरिज हो । नेपालले पहिलो पटक एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेको थियो । आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो एकदिवसीय सिरिज खेलेको हो । यस्तै नेपालले दुई खेलको टी-ट्वान्टी सिरिजपछि पहिलो पटक टी-ट्वान्टी सिरिज जित्न सफल भएको हो । यसैगरि

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ ।

    खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले भने, प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।

  • २१ माघ २०७५, सोमबार १७:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित