मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्ति बाल एकाडेमि तुलसीपुर को १० औ वार्षिक उत्सवमा १२ जना शिक्षक शिक्षीकाहरुले रक्तदान
  • मार्गरेखा संवाददाता

  • बिमल गौतम

    तुलसीपुर ३ फागुन

    राप्ति बाल एकाडेमि तुलसीपुर ६ गाईडहरको १० औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारि आज रक्तदान गरिएको छ । बिद्यालयको भोलि हुने १० औ वार्षिक उत्सवको पुर्व सन्ध्यामा आज शुक्रबार त्याहा रक्तदान गरिएको हो । त्यस अवसरमा प्रिन्सिपल लगाएत १२ जना शिक्षक शिक्षीकाहरुले रक्तदान गरेका थिए । बिद्यालयका प्रिन्सिपल ठाकुर डागिको अध्यक्षता , एन प्याव्सन दाङका जिल्ला अध्यक्ष भिम बहादुर वुढाथोकिको प्रमुख आतित्थ्यता तथा रक्त संचार केन्द्र घोराहिका प्रमुख दिलिप न्यौपाने र नेपाल संस्कृत बिश्व बिद्यालयका शाखा अधीकृत विरेन्द्र चन्दको बिशिष्ट आतित्थ्यतामा रक्तादान कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि वुढाथोकिले जिल्लामा हुने रगतको कमिलाई अन्त्य गर्नका लागि सवैले रक्तदान कार्यक्रम गर्ने बानिको बिकास गर्नुपर्नेमा जोड दिनुभयो । प्रचार वाजिका नाममा अन्य कार्यक्रम गर्नु भन्दा नियमित रुपमा रक्तदान जस्तो पवित्र कार्य गर्न उहाँले एन प्याव्सनमा आवद्ध बिद्यालयहरुलाई अनुरोध समेत गर्नु भयो । त्यस अवसरमा बोल्दै बिद्यालयका प्रिन्सपल डागिलिे जिल्लामा रगतको अभावमा बिरामिहरु समस्यामा पर्ने हुदा त्यसलाई कम गर्नका लागी आफुहरुले बिद्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो । बिद्यालयका कोअर्डिनेटर बिष्णु प्रसाद भण्डारिको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन बिद्यालयका शिक्षक तारा प्रसाद पुनले गर्नु भएको थियो ।

    यसैविच प्रिन्सिपल डागिले भोलि हुने बिद्यालयको वार्षिक उत्सव कार्यक्रममा उपस्थीतिका लागी सवैमा आग्रह गर्नु भएको छ । डागिद्धारा जारि गरिएको बिज्ञप्तिमा बिद्यालयका अभिभावक , शुभेच्छुक , शुभचिन्तक , पत्रकार लगाएत सवैमा अनुरोध गरिएको छ ।

  • ३ फाल्गुन २०७५, शुक्रबार १८:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित