मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

३० किलो लागू औषध चरेश सहित ३ जनालाई पक्राउ
  • मार्गरेखा संवाददाता

  • ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ बाट खटिई प्रहरी निरीक्षकको नेतृत्वमा गएको अपराध अनुसन्धान समुह ब्यूरोको प्रहरी टोलिले बुटवल उपमहानगरपालिका वडा न. ९, नयाँ बसपार्क बाट शनिबार बेलुका ६ बजे तिर लगभग ३० किलो लागू औषध चरेश सहित ३ जनालाई पक्राउ गरेको छ ।

    आलुको बोरा भित्र लुकाई छिपाई ओसार पसार गर्दै गर्दा प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा न. ७, मकवानपुरका ३५ बर्षिय राजकुमार स्याङ्ताङ, सोही ठेगाना भएका १९ बर्षिय शंकर वाईबा र सोही नगरपालिका वडा न. ९ का ३७ बर्षिय इन्द्रमान तामाङ रहेका छन ।

    उनिहरुलाई मुचुल्का गरि इलाका प्रहरी कार्यालय बुटवलमा बुझाउने तैयारी भइ रहेको ब्युरोले जनाएको छ । सोही टोलीले आज दिउँसो मात्रै कपिलवस्तुबाट अबैध सुर्ती सहित पिकअप बोलेरो गाडी र २ जनालाई नियन्त्रणमा लिएको थियो ।

  • ५ फाल्गुन २०७५, आईतवार ०७:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित