मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

समाजमा विकृति विसंगति, हत्या,हिंसाजस्ता घटना को बिरोधमा एक्कासी पश्चिम रुकुम को सदरमुकामा जुलुस
  • मार्गरेखा संवाददाता

  • समाजमा विकृति विसंगति, हत्या,हिंसाजस्ता घटना को बिरोधमा एक्कासी पश्चिम रुकुम को सदरमुकामा आज जनप्रर्दशन भएको छ । मदिरा, महिला हिंसा, बालविवाह, जुवातास एवं लागूऔषध विरुद्धमा आममहिला, दलित, युवा तथा विद्यार्थीले एकसाथ र्‍याली निकालेका हुन ।समाजमा विकृति विसंगति, हत्या,हिंसाजस्ता घटना बढ्दो क्रममा रहेकाले त्यसको न्युनिकरणमा दवाव दिन भन्दै नागरिक तहबाट र्‍याली आयोजना गरिएको थियो । समाज विकृत बन्दै जानुको मुख्य कारण मदिरा, बालविवाह, जुतावास तथा लागूऔषधलगायत भएको निस्कर्ष निकाल्दै सम्बन्धित पक्षलाई त्यसको न्युनिकरणमा दबाब पुगोस् भनेर र्‍याली निकालिएको महिला अधिकारकर्मीले बताए । र्‍यालीमा महिला, बालबालिका, दलित, युवा, नागरिक समाजका अगुवा सहभागी थिए ।

  • ५ फाल्गुन २०७५, आईतवार १५:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित