मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

६ किलो ४ सय ग्राम चरेशसहित दुई नेपाली महिला भारतीय एसएसबीले पक्राउ
  • मार्गरेखा संवाददाता

  • ठूलो परिमाणको लागुऔषधसहित दुई नेपाली महिला भारतीय सीमावर्ती बजार रुपईडिहामा पक्राउ परेकी छन् । भारतको हिमाञ्चल प्रदेश जान लागेकी दुबै महिलालाई ६ किलो ४ सय ग्राम चरेशसहितसदरलाइनबाट गरेको हो ।
    रोल्पा थावाङ वडा नं. १ बस्ने ४८ वर्षीया मायादेवी र रुकुम कनक वडा नं. ६ बस्ने २८ वर्षीया सिरकुमारीलाई सशस्त्र सीमा बल र रुपईडिहा थानाको प्रहरी टोलीले रोडबेज स्टेशनबाट पक्राउ गरेको हो ।
    नेपालगञ्जबाट भारत जान लागेकी दुबै महिलाको साथबाट बरामद गरिएको उक्त चरेश अन्तर्राष्ट्रीय बजारमा करीब ३ करोड मूल्य बराबर रहेको भारतीय प्रहरीले जनाएको छ । पक्राउ परेकी दुबै महिलालाई चरेशसहित जिल्ला कारागार बहराईच पठाइएको रुपईडिहा थाना इञ्चार्ज मधुप नाथ मिश्रले बताएका छन् ।सदरलाइनबाट

  • ५ फाल्गुन २०७५, आईतवार १८:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित