मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भ्रष्टाचारको विरोध गनेँ पक्राउ
  • मार्गरेखा संवाददाता

  • काठमाडौ । भ्रष्टाचारको विरोध गर्दै विवेकशील साझा पार्टीका कार्याकर्ताले टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीलाई प्रहरीले पक्राउ गरेको छ ।

    ‘अख्तियार सानो माछामात्र होइन, ठूलो पनि समाउ’ भन्दै सांकेतिकरूपमा ठूलो माछा बनाएर प्रदर्शन गर्नेहरूमध्ये पार्टीका ३० जनाभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेको विवेकशील साझाले जनाएको छ ।

    पक्राउ पर्नेमाहरू मानबी पौडेल, समीक्षा बास्कोटा, अनुपा श्रेष्ठ, उज्वलकृष्ण श्रेष्ठलगायत छन् । ‘शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विवेकशील साझाले भर्तसना गरेको छ । पक्राउलाई तत्काल रिहा गर्न माग गरेको छ । पार्टीको भष्टाचार विरोधी अभियानको यो शुरूवात मात्र भएको प्रवक्ता डा सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • ८ फाल्गुन २०७५, बुधबार १५:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित