मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पशुपतिनाथले कल्याण गरुन्, भने झैँ ठेकेदारले कल्याण गरुन्’
  • मार्गरेखा संवाददाता

  • बर्दिया, फागुन ९ । बर्दियाको ठाकुरबाबा नगरपालिका क्षेत्रको विद्युत आपूर्तिलाई गुणस्तरीय बनाउन भुरिगाउँ बजार नजिक बलातीमा निर्माण गरिएको सबस्टेशन सञ्चालनमा आएको झण्डै साढे एक वर्षपछी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले औपचारिक उद्घाटन गर्नु भएको छ ।

    बुधबार आयोजित सबस्टेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पुनले ‘पशुपतिनाथले कल्याण गरुन्, भने झैँ ठेकेदारले कल्याण गरुन्’ भन्दै निर्माण व्यवसायी र कर्मचारीलाई विषेश धन्यवाद दिनुभयो । निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले समयमै काम गरिदिँदा सहज भएको समेत बताउनुभयो ।

    ‘दुई वर्षको अवधीमा समयमै सबस्टेशनको काम सम्पन्न हुनु भनेको भन्नु चमत्कार जस्तै हो,’ त्यसैले यसरी समयमै राम्रो काम गर्ने निर्माण व्यवसायी र कर्मचारीलाई पुरस्कृत गर्ने अभियान थालिने तर्फ आफ्नो ध्यान गएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा मन्त्री पुनले हरेक नेपालीको घरमा तीन वर्षमा विद्युत पुर्याउने गरी सरकारले काम गरिरहेको बताउनुभयो । देशका सबै ठाउँमा विद्युतिकरण हुने र भेरि बबई डाइभर्सनको काम पनि चैत्र भित्र ब्रेकथु्र भईसकेपछि जलविद्युतको काम पनि तिब्र गतिमा अघि बढ्ने समेत उहाँले बताउनुभयो ।

    टुकि बाल्नु पर्ने अवस्था त बन्द भयो, जेनेरेटर चलाउनुपर्ने अवस्थाको पनि अन्त्य हुनुपर्ने यस क्षेत्रका स्थानियले माग गरेको बताउँदै मन्त्री पुनले ‘बर्दियामा आगामि एक वर्ष भित्रमा विद्युतिकरण गरिसक्ने योजना छ, एक वर्ष भित्र गाउँगाउँमा उज्यालो पुग्ने भएकाले यस क्षेत्रमा साना तथा मझौला उद्योग कलकारखाना खोल्न पनि आग्रह गर्नुभयो ।’

    नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सुहलियत ऋणमा बर्दियाको ठाकुरबाबा नगरपालिका २ बलातीमा बनाईएको ३० एमभिए क्षमताको १३२÷३३÷११ केभी सबस्टेशनको काम निर्धारित समय अगावै सकिएको सवस्टेशनका इलेक्ट्रील फरमेन घनश्याम पौडेलले जानकारी दिनुभयो ।

    पटकपटक लाईन जाने र अत्याधिक लोडसेडिङ्गको मारमा परेका बर्दिया ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ, ठाकुरद्धारा क्षेत्रका स्थानीयवासिले त्यो हैरानिबाट मुतिm पाएका छन् । गतवर्ष भदौ अन्तिम सातादेखि सवस्टेशन संचालनमा आएपछी ओभरलोडले पटकपटक लाइन जाने र लाइन हुँदा पनि कम भोल्टेजका कारण बत्ती, पंखा, मोटरलगायतका विद्युतीय उपकरण नचल्ने समस्या समाधान भएको छ ।

    उद्घाटन कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेशन सञ्चालनमा आएपछि विद्युतको पहुँच र गुणस्तरमा वृद्धि हुने बताउँदै विद्युत् आपूर्तिका लागि देशभर नयाँ सबस्टेशनको निर्माणलाई अभियानकै रुपमा चलाइरहेको बताउनुभयो ।

    प्रतिनिधिसभाका सांसद सन्तकुमार थारुले सबस्टेशनको निर्माणपछि भुरिगाउँ, ठाकुरद्धारा क्षेत्रमा भोल्टेजको समस्या समाधान भए जस्तै बारबर्दिया नगरपालिकाको जयनगर क्षेत्रमा पनि सबस्टेशन आवस्यक रहेको बताउनुभयो ।

    बाँकेको कोहलपुर हुँदै बर्दियाको सदरमुकाम गुलरियाबाट निकुञ्ज फिडर अन्र्तगत सानोश्री, बगनाहा हुँदै भुरीगाउँ ठाकुरद्धारा तर्फ आउने विद्युत लाईनमा अत्याधिक लोडसेडिङ्ग, कम भोल्टेजको समस्याले गर्दा सहज रुपमा विद्युत प्रयोग गर्न नपाउने समस्या रहेको थियो ।

  • ९ फाल्गुन २०७५, बिहीबार २१:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित