मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रदेश ५ का सांसद उत्तरकुमार वलीको निधन
  • मार्गरेखा संवाददाता

  • दाङ : सवारी दुर्घटनामा परी घाइते भएका   प्रदेश ५ का सांसद उत्तरकुमार  वलीको निधन भएको छ । ललितपुरथित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे  २ बजे  निधन भएकाेे छ ।

    सांसद वली गत माघ २४ गते बुटवलमा प्रदेशसभा बैठक सकेर घर फर्कदैं गर्दा दाङमा सवारी दुर्घटनामा परेका थिए । उनको कारलाई बसले ठक्कर दिदाँ उनी गम्भीर घाइते भएका थिए ।

    वलीको शव पोस्टमार्टम गरी बिहान ९ देखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने र आजै उनको शव गृह जिल्ला दाङ लगिने  तयारी भएको  छ । सांसद वली नेकपाकातर्फबाट दाङ क्षेत्र नं ३ ‘ख’ बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

  • १० फाल्गुन २०७५, शुक्रबार ०७:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित