मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रूकुम पश्चिम प्रहरीले रेडपाण्डाको ३ वटा छाला सहित एकजना पक्राउ एक जना प्रहार
  • मार्गरेखा संवाददाता

  • रुकुम पश्चिम — दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित १ जनालाई रूकुम पश्चिम  प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रेडपाण्डाको ३ वटा छाला सहित बाँफिकोट गाउँपालिका–३ कोलचौरका २३ वर्षीय विकास विकलाई पक्राउ गरेको हो ।

    शुक्रवार मुसीकोट नगरपालिका–१ गिल्वाङमा ग ५ प ११६५ नम्बरको मोटरसाइकलमा सदरमुकामतर्फ आइरहेको अवस्थामा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विकले बोकेको झोलाभित्र रेडपाण्डको छाला बरामद भएको जिल्ला प्रहरी रूकुम पश्चिम कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

    प्रहरीले अाज पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति तथा बरामद रेडपाण्डाको छाला सार्वजनिक गरेको हो। मोटरसाइकल पछाडी बस्ने नामथर र ठेगाना नखुलेका प्रतिक भनिने व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ।

    प्रतिकलाई नियन्‌त्रणमा लिने त्रममा प्रहरीमाथि नै आक्रमण गरेर भिरबाट हामफालेर भागेको डीएसपी खड्काले बताए। नियन्त्रणमा लिने क्रममा अभियुक्तले मोटरसाइकलको चेनिज प्याकेट प्रहार गर्दा प्रहरी हवल्दार थिरबहादुर विष्ट घाइते भएका छन्। विष्टको खुट्टामा गहिरो चोट लागेको छ।

     अनुसन्धानपछि रेडपाण्डाको छाला र पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालय पठाइने प्रहरीले जनाएको छ।
  • ११ फाल्गुन २०७५, शनिबार १५:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित