मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेसकाे विधान बहुमतले पारित–पौडेल, सिटौलासहितका नेताको ‘नोट अफ डिसेन्ट’
  • मार्गरेखा संवाददाता

  • काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले महासमितिले पारित गरेको निर्णय विपरित विधान पारित गरेको छ ।

    महासमितिको बैठकमा दुईतिहाइ सदस्य, बहुमत जिल्ला सभापतिले विधानमा भएको व्यवस्था संशोधन गरेर केन्द्रीय समितिमा रहेका सबैजना महाधिवेशन प्रतिनिधि हुँदा तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने धारणा राखेपछि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलगायतका नेताहरुले केन्द्रीय समितिबाट पारित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरु स्वतः प्रतिनिधि रहने व्यवस्थासहितको विधान पारित भएको जानकारी दिए  केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महाधिवेशनपछिको सर्वोच्च निकायमा उभिएर गरेको प्रतिबद्धताविपरित बहुमतको आडमा निर्णय गराउन थालेपछि आफूहरुले ‘नोट अफ डिसेन्ट’ लेखेको जानकारी दिए ।

    “हामीले नोट अफ डिसेन्ट लेखेका छौं,” उनले बहुमतको आडमा निर्णय गर्ने काम गरियो ।”

    नोट अफ डिसेन्ट लेख्नेमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अजुन नरसिह केसी, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडु, नविन्द्रराज जोशी, गगन थापा, प्रदिप पौडेललगायतका नेताहरु रहेका छन् ।

  • १२ फाल्गुन २०७५, आईतवार २०:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित