मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बाट प्रहरीले लागूऔषध  कारोवारमा संलग्न १९९ जनालाई पक्राउ
  • मार्गरेखा संवाददाता

  • कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बाट  सुर्खेत प्रहरीले लागूऔषध  कारोवारमा संलग्न १९९ जनालाई पक्राउछ  ।

    विगतका वर्षभन्दा चालु आर्थिक ०७५÷०७६ को सात महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय सुर्खेतले १०७ जनालाई पक्राउ गरेको छ । यी मध्य ९७ जना पुरुष र ११ जना महिला हुन् । उनीहरुबाट ६४.५४० ग्राम ब्राउनसुगर, ४.७० ग्राम चरेश, १८१.५ ग्राम गाँजा र १५७ ट्याब्लेट लागुऔषध निट्राभेट–१० नामक लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरे बताए । आर्थिक वर्ष०७३÷०७४ सालमा ३३ जना पुरुष र २ जना महिलालाई पक्राउ गरेको प्रहरीसंग रेकर्ड छ । उनीहरुबाट प्रहरीले ५२ ग्राम ७७४ मिलिग्राम लागूऔषध ब्राउनसुगर र ५ लिटर कोरेक्स र २५२ निट्राभेट–१० ट्याब्लेट बरामद गरेको थियो । यस्तै, आर्थिक वर्ष ०७४÷०७५ मा प्रहरीले ५१ जना पुरुष र पाँच जना महिलालाई लागूऔषध ओसारपसार तथा कारोबारको अभियोगमा पक्राउ ग¥यो । प्रहरीले उनीहरुबाट ४८ केजी चरेश र ५८.७२४ ग्राम ब्राउनसुगर बरामद गरेको एसपी बसन्त रजौरेको भनाई छ ।

     

  • १३ फाल्गुन २०७५, सोमबार १४:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित