मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियालीकाे जवाफ,प्रदेश राजधानी दाङ नभए कर्णालीमा मिसिने चेतावनी
  • मार्गरेखा संवाददाता

  • बर्दिया । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने विषयमा सुझाव संकलन गर्न आएको प्रदेश सभा समितिलाई जिल्लाबासीले राजधानी दाङ हुनुपर्ने माग राखेका छन् ।
    उनीहरुले नामका विषयमा लुम्बिनी, गौतम बुद्ध, थारुवान तथा मगरात प्रदेश राख्न सकिने विकल्प दिएका छन् ।जिल्ला समन्वय समितिको कार्यालयमा भेला भएका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, कर्मचारी, नागरिक समाज तथा संघ संस्थाका प्रतिनिधीहरुले भौगोलिक दुरीका हिसाबले बुटवल अपाएक पर्ने भन्दै संघीयताको मर्म विपरित राजधानी तोक्न खोजिएको गुनासो गरे ।
    प्रदेश ५ को राजधानी दाङको तुलसीपुर वा घोराही तोकिए बाँके र बर्दियाबासीले बुटवल जाँदाको जस्तै दुःख पाउने भन्दै सद्वरीयादेखि लमहीसम्मका भागमा राजधानीका संरचना हुनुपर्ने सहभागीहरुको माग थियो । सुझाव संकलन गर्ने क्रममा बर्दिया विकास मञ्चले प्रदेश संरचना र राजधानी बुटवल बनाउनु जिल्लाको हित विपरित भएको भन्दै कर्णाली प्रदेशमा गाभिनु पर्ने मागसहित नाराबाजी गरेका थिए ।

  • १४ फाल्गुन २०७५, मंगलवार ०८:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित