मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

१३ प्रतिशतमा संक्रमण रहेको बाँकेका ८ वटै स्थानीय तहमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु शुरु
  • मार्गरेखा संवाददाता

  • बाँकेमा आजदेखि नवौं चरणको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । आजदेखि बाँकेका ८ वटै स्थानीय तहमा औषधि खुवाउन शुरु गरिएको हो ।प्रत्येक वडामा तोकिएको बुथहरुमा आज औषधि खुवाइँदैछ भने भोलिदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने बताइएको छ । ५ लाख ८८ हजार २ सय ७८ जनालाई औषधि खुवाउन ३ सय ६८ स्वास्थ्यकर्मी खटिएका छन् । स्वास्थ्यकर्मीलाई सघाउन ७ सय ८९ महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ ।यसअघि महिला स्वास्थ्य स्वयमसेविकाबाट औषधि खुवाउने गरिएकोमा यो पटक भने स्वास्थ्यकर्मीले नै औषधि खुवाउन लागेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशबराज गौतमले जानकारी दिनुभयो । गर्भवति, दिर्घरोगी, ७ दिनको सुत्केरी महिला र २ बर्ष मूनिका बालबालिका बाहेक सबैले औषधि खान सक्ने गौतमले बताउनुभयो

  • १५ फाल्गुन २०७५, बुधबार १४:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित