मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना खोजी कार्य जारी
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गृहमन्त्रालयले गरेको छ ।

    पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको जानकारी गृहसचिव प्रेमकुमार राईले दिएका छन् । स‌ंसद्‍को राज्य व्यवस्था समितिमा उपस्थित भएका उनले हेलिकप्टर दुर्घटना भएको जानकारी गराएका हुन् ।

    दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेका बताइएको  छ।

  • १५ फाल्गुन २०७५, बुधबार १४:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित