मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

इतिहासलाई न्याय गर्न पनि दाङ राजधानी बनाउनुपर्ने सुझाब
  • मार्गरेखा संवाददाता

  • प्रदेशका सबै जिल्लाहरूलाई पायक पर्ने स्थानमा स्थायी राजधानी बनाउन दाङवासीले सुझाब दिएका छन् । प्रदेश सभाले नाम र राजधानीबारे सुझाव दिन गठन गरेको विशेष समितिले गरेको अन्तक्र्रिया कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, व्यवसायी तथा सर्वसाधारणले दाङमा राजधानी बनाउन सुझाब दिएका हुन् ।

    दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अन्तर्राष्ट्रिय सीमानजिक राजधानी बनाउन नहुने सुझाब दिए । उनले सुरक्षा चुनौती कम रहेका क्षेत्रमा दाङ पनि रहेको बताए । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले राजधानीका लागि आवश्यक पूर्वाधार पर्याप्त रहेको, कार्यालयका लागि संरचना भाडामा लिनु नपर्ने र नयाँ संरचना बनाउन प्रशस्त जमिन रहेकाले दाङ राजधानीका लागि उपयुक्त क्षेत्र भएको सुझाब दिए ।

    सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले वातावरणीय स्वच्छता, खानेपानी, व्यवस्थित बस्ती विकाससँग प्रशासनिक गतिविधिका लागि दाङ उपयुक्त रहेको बताए । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले भौगोलिक सुगमतासँगै इतिहासलाई न्याय गर्न पनि दाङ राजधानी बनाउनुपर्ने बताए ।

    विकासविद् रमेश अधिकारीले  दाङ एसियाकै ठूलो उपत्यका भएकाले दाङलाई राजधानी बनाउँदा दीर्घकालीन रूपमा पनि कुनै समस्या नआउने बताए । उनले राजधानी दाङ र नाम लुम्बिनी कायम गर्दा उपयुक्त हुने सुझाब दिए ।

  • १६ फाल्गुन २०७५, बिहीबार १०:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित