मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्मार्ट सिटिका लागी नागरिकहरु पनि स्मार्ट हुनुपर्ने तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे
  • मार्गरेखा संवाददाता

  •  

    तुलसिपुर ।

    तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले स्मार्ट सिटिका
    नागरिकहरु पनि स्मार्ट हुनुपर्ने बताउनुभयको छ । शुक्रबार बिमा समितिले
    तुलसिपुरमा भएको अन्तर क्रिया कार्यक्रममा बोल्दै मेयर पाण्डेले नगरभित्रका
    हरेक नागरिकलाई हरेक क्षेत्रमा स्मार्ट बनाउनुपर्नेमा जोड दिनुभयो ।स्थानीय
    तह सङग बिमा समिति बिषयक अन्तरक्रिया कार्यक्रममा मेयर पाण्डेले नियमित बचत
    गर्ने बानि बसाउनुपर्ने बताउनुभयो ।

    स्मार्ट सिटि हुनका लागि नागरिक स्मार्ट हुनु पर्छ ,शिक्षा स्मार्ट हुनुपर्छ अनि
    नागरिकको स्वास्थ पनि स्मार्ट हुनुपर्छ मेयर पाण्डेले भन्न ुभयो ।

    उहाले आफ्नो ,परिवार अनि सम्पत्तिको अनिवार्य रुपमा बिमा र हरेक नागरिकको
    बैक खाता अनिवार्य रहेको भन्दै हरेक नागरिक लाई बचत गर्ने बाताबरणको
    श्रृजना गर्दै जानुपर्ने बताउनुभयो ।

    उहाले सबै नागरिक र किसानहरुलाई आत्मनिर्भर बनाउन स्थानीय बित्तिय सस्थाहरु
    सङग सहकार्य गरेर अगाडि बढनुपर्ने भन्दै नागरिकको आए स्तर बृद्दि गर्न
    उपमहानगरपालिका सधैंभरि सहयोगीको भुमिकामा रहेको बताउनुभयो ।

    कार्यक्रममा बिमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईं,नेपाल
    ईन्सुरेन्सका अध्यक्ष अर्जुन शर्मा पौडेल, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद
    रेग्मी लगायतले आफ्नो सुरक्षाका लागि बिमा अति आबश्यक रहेको भन्दै बिमा
    शिक्षालाई गाउँ गाउँ सम्म लैजानुपर्ने बताएका थिय । कार्यक्रममा उनिहरुले बिमा
    कम्पनी हरु सेवा मुखि हुनुपर्ने समेत धारणा राखेका थिय । सो अबसरमा
    तुलसिपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले विभिन्न बिषयमा जिज्ञासा राखेका
    थिए

  • १७ फाल्गुन २०७५, शुक्रबार १८:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित